एभरेष्ट कलर लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर २९ गते साधारणसभा आह्वान गरेको हो।
सभामा आईपीओ निष्काशन सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा यस अघि नै आवेदन दिइसकेको छ। यस कम्पनीले विभिन्न गुणस्तर तथा प्रकारका बाह्य र आन्तरिक ईमल्सन पेन्ट्स र प्राईमर, ईनामेल पेन्ट्स, काठ र धातु प्राईमर, एक्रेलिक डिस्टेम्पर, आल्युमिनियम पेन्ट्स, वाल पुट्टीङ तथा औद्योगिक पेन्ट्सहरु आदि उत्पादन गर्दै आईरहेको छ ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८१/०८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने।
३. आ.व. २०८२/०८३ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने।
४. सञ्चालक समितिबाट भए गरेका निर्णय, काम कारबाहीहर अनुमोदन गर्ने।
विशेष प्रस्तावहरू :
१. सर्वसाधारण समूहलाई प्राथमिक शेयर निष्कासन (IPO) सम्बन्धमा।
२. प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भए आवश्यकता अनुसार परिमार्जन, संशोधन तथा सञ्चालन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने।













