मितेरी डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेको छ। बैंकले मङ्सिर ६ गते साधारणसभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित ) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक २३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
बैंकको सभाको विशेष प्रस्तावमा बैंक गाभ्ने गाभिनेबारे आवश्यक निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि पेश हुने छन् ।
यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु:
सामान्य प्रस्तावहरु:
१. संचालक समितिको तर्फवाट प्रस्तुत हुने अध्यक्षको आ.व. २०८१ / ०८२ को बार्षिक प्रतिबेदन उपर छलफल गरी प्रतिबेदन पारित गर्ने ।
२. लेखापरिक्षकको प्रतिवेदन सहितको २०८२ अषाढ मसान्तको सात २०८१ श्रावण १ गते देखि २०८२ अषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रबाह विवरण पारित गर्ने ।
३. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८२/०८३ को हरहिसाब लेखापरिक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
४. संचालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु.१,२१,७१,००,०००।- (अक्षरेपी एक अर्व एक्काइस करोड एकहत्तर लाखको १०.०० प्रतिशतले हुन आउने रकम रु. १२,१७,१०,०००।- (बाह्र करोड सत्र लाख दश हजार मात्र) बराबरको नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत ) मात्र दिने प्रस्ताव स्वीकृत गर्ने ।
५. बैंकको नियमावली बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्वाचन गर्ने ।
विशेष प्रस्ताव
१. मितेरी डेभललपमेन्ट बैंक लिमिटेड र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने
सम्बन्धमा :
अ) यस बैंक र अन्य कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अवलम्बन गरी कार्य अघि बढाउन संचालक समिति तथा यस अन्तर्गतको मर्जर समितिलाई अख्तियारी प्रदान गर्ने ।
आ) एक आपसमा गाभ्ने र गाभिने प्रक्रियामा चल अचल सम्पति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
२. नियमनकारी निकायबाट दिएको निर्देशन बमोजिम बैंकको प्रबन्धपत्र / नियमावलीमा कुनै व्यवसायिक उद्देश्यहरु थप वा संशोधन गर्नु परेमा त्यस्तो संशोधन गर्ने लगायतका अन्य सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।
३. बैंकले गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तगत गरेको रु १ लाख भन्दा बढिको खर्च अनमोदन गर्ने सम्बन्धमा ।











