शिवम् सिमेन्टको सहायक कम्पनीको साधारणसभा आह्वान, ११ करोड ६० लाख लाभांश बाड्ने

spot_img
spot_img

शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ३१ गते साधारणसभा गर्न लागेको हो ।

कम्पनीको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आ.व. २०८१l०८२ को मुनाफा समेतबाट  हाल कायम चुक्ता पुँजीको २.५० प्रतिशतले हुन् आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस कम्पनीले आईपीओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ। जसको लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१.  कम्पनी सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आ.व. २०८१|०८२ को बार्षिक प्रतिवेदन (सम्लग्न) माथि छलफल गरी पारित गर्ने बारे ।

२. कम्पनीको आ.व. २०८१/०८२ लेखापरीक्षकले पेश गर्ने ले.प. प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाव किताव, नगद प्रवाह विवरण सहितका संलग्न अनूसूचीहरु माथि छलफल गरी पारित गर्ने बारे ।

३. कम्पनीको आ.व. २०८२/ २०८३ को आय व्ययको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने बारे ।

४. कम्पनीको आ.व. २०८१l०८२ को मुनाफा समेतबाट कम्पनीमा हाल कायम शेयरधनीहरुलाई चुक्ता
पूँजी रु. ४ अर्व ६४ करोडको २.५० % (दुई दशमलव पाँच शुन्य) प्रतिशत दरले हुन आउने रु. ११,६०,००,०००l (एघार करोड साठी लाख रुपैया ) मात्र नगद लाभांस वितरण गर्ने बारे ।

५. विविध

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हिम पर्वत हाइड्रोपावरको पहिलो चरणको आईपीओ आजदेखि

हिम पर्वत हाइड्रोपावर लिमिटेडले आज कार्तिक ११ गतेदेखि पहिलो...

इप्पानले खोज्यो विद्युत् व्यापारको अनुमति पाउने सुनिश्चितता, राख्यो ४ माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत्...

ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नबिल बैंकले दियो आवेदन

नबिल बैंक लिमिटेडले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल...

ChatGPT बाट छुट्टिएकाले खोलेको कम्पनी एन्थ्रोपिकले १०० अर्ब डलरको आईपीओ ल्याउने

कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रको प्रमुख कम्पनी एन्थ्रोपिक (Anthropic) ले...

चितवन राइनोजको सह-प्रायोजक बन्यो किसान एग्रोबेस इन्डस्ट्रिज

नेपाल प्रिमियर लिगमा सहभागी टिम चितवन राइनोजको सह प्रायोजकको...