शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ३१ गते साधारणसभा गर्न लागेको हो ।
कम्पनीको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आ.व. २०८१l०८२ को मुनाफा समेतबाट हाल कायम चुक्ता पुँजीको २.५० प्रतिशतले हुन् आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस कम्पनीले आईपीओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ। जसको लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको छ ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :
१. कम्पनी सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आ.व. २०८१|०८२ को बार्षिक प्रतिवेदन (सम्लग्न) माथि छलफल गरी पारित गर्ने बारे ।
२. कम्पनीको आ.व. २०८१/०८२ लेखापरीक्षकले पेश गर्ने ले.प. प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाव किताव, नगद प्रवाह विवरण सहितका संलग्न अनूसूचीहरु माथि छलफल गरी पारित गर्ने बारे ।
३. कम्पनीको आ.व. २०८२/ २०८३ को आय व्ययको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने बारे ।
४. कम्पनीको आ.व. २०८१l०८२ को मुनाफा समेतबाट कम्पनीमा हाल कायम शेयरधनीहरुलाई चुक्ता
पूँजी रु. ४ अर्व ६४ करोडको २.५० % (दुई दशमलव पाँच शुन्य) प्रतिशत दरले हुन आउने रु. ११,६०,००,०००l (एघार करोड साठी लाख रुपैया ) मात्र नगद लाभांस वितरण गर्ने बारे ।
५. विविध









