ग्लोबल आइएमई सेक्युरिटिजको साधारणसभा सम्पन्न

spot_img
spot_img

ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा आएको ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा मंगलबार सम्पन्न गरेको छ । साधारणसभामा कम्पनीका प्रबन्ध सञ्चालक प्रवीना पाण्डेले सेयर बजारको उतार–चढाव, नियामक निकायका मार्गनिर्देशनहरू र लगानीकर्ताहरूको अपेक्षा बीच कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको जानकारी दिइन् ।

“पारदर्शिता, भरोसा र सेवा सुधारलाई प्राथमिकता दिँदै गत आर्थिक वर्ष २०८१/८२ मा हामीले उल्लेखनीय प्रगति हासिल गर्न सफल भएका छौं,” उनले भनिन् । साधारणसभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए ।

साधारणसभाका प्रमुख आतिथि ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कम्पनीले हालसम्म हासिल गरेको उपलब्धिहरू प्रशंसनीय रहेको उल्लेख गर्दै भविष्यमा अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

कम्पनीका अध्यक्ष पोखरेलले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने त्यसपछि साधारणसभामा प्रस्तावित एजेन्डा माथि छलफल, शेयरधनीका तर्फबाट उठेका जिज्ञासामाथि जवाफ र अन्ततः साधारणसभाका प्रस्तावहरू सर्वसम्मतिले पारित भएको छ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण साथै प्रबन्धपत्र र नियमावली संशोधनसम्बन्धी प्रस्तावहरू अनुमोदन गरेको छ ।

साधारणसभामा बैंकका प्रतिनिधि, कम्पनी रजिष्ट्रार कार्यालयका उप–रजिष्ट्रार तथा विभिन्न क्षेत्रका अन्य गण्यमान्य व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शेयर बेच्नु अघि सूचना दिनु पर्ने नियम विरुद्द परेको रिटमा सर्वोच्चको यस्तो आदेश

आधारभूत सेयरधनीले शेयर बेच्नुभन्दा अगाडि नै पूर्व सूचना दिनु...

एनपीएलमा कर्पोरेट सपोर्ट: Xtreme र Red Bull बीच रोचक प्रतिस्पर्धा

नेपाली क्रिकेटको उत्सवका रुपमा लिन थालिएको ‘नेपाल प्रिमियर लिग’...

ग्लोबल आइएमईलाई लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंकले लगातार तेस्रो पटक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक...

माउण्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

माउण्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कार्तिक...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार प्रति तोला...

विकास हाइड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ४.५५ मे.वा. क्षमताको माथिल्लो माछाखोला...