Thursday, May 28, 2026
spot_img

सुपर खुदी हाइड्रोपावरको साधारणसभा आह्वान, यस्ता छन् ९ प्रस्ताव

spot_img
spot_img

सुपर खुदी हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज ८ गते साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिबेदन सहित अन्य वित्तीय विवरण पारित गर्ने, आ.ब. २०८२/०८३ को लागि लेखापरिक्षक नियुक्ती गर्ने, आईपीओ निष्काशन गर्ने, चुक्ता पूँजी भन्दा बढि कर्जा लिने, सो कर्जाको लागी बैकमा सह-वित्तीयकरण कर्जा सम्बन्धि सम्पूर्ण निर्णय गर्न संचालक समितिलाई अख्तियारी दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

यो कम्पनीले लमजुङमा २१.२१ मेगावाको खुदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीका अध्यक्ष चेतन प्रधान हुन् भने प्रबन्ध संचालक गणेश कार्की हुन् । अन्य संचालकमा बटु लामिछाने, निभिता प्रधान, र दलबहादुर विष्ट रहेका छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षको आ.ब. २०८१ / ०८२ को बार्षिक प्रतिबेदन उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।

२. लेखापरिक्षकको प्रतिबेदन सहित आर्थिक बर्ष २०८१ / ०८२ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनूसूचिहरु उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।

३. आ.ब. २०८२/०८३ को लागि लेखापरिक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४. बिबिध ।

विशेष पस्तावः
१. कम्पनीको चुक्ता पूँजी भन्दा बढि कर्जा लिने तथा सो कर्जाको लागी बैकमा सह-वित्तीयकरण कर्जा सम्बन्धि सम्पूर्ण निर्णय गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

२. कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएबमोजिम सर्वसाधारणमा शेयर निश्कासन सम्बन्धमा यस अघि भएको निर्णयलाई निरन्तरता दिने सम्बन्धमा ।

३. नियमन निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन माग भई आएमा सो सम्बन्धी कामको लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

४. सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने सम्बन्धमा ।

५. सञ्चालकहरुको पारिश्रामिक तथा भत्ता निर्धारण गर्ने सम्बन्धमा ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा जेठ २४ गते हुने

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा जेठ २४...

इप्पानद्वारा वन मन्त्रीसमक्ष निकुञ्जले रोकेका जलविद्युत आयोजनाबारे ध्यानाकर्षण

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले लाङटाङ राष्ट्रिय निकुञ्जको...

चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच छलफल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र...

डीडीसीमा सीआईबीले छापा हान्यो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) दूग्ध विकास संस्थान...
spot_img