Sunday, August 9, 2026
spot_img

 प्रभु इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १८ प्रतिशत बोनस सेयर पारित

spot_img

प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । आज समपन्न कम्पनीको २९ औं वार्षिक साधारणसभाले उक्त लाभांश प्रस्ताव पारित गरेको हो ।

यो बोनस सेयर र वित्तीय उपलब्धिले बीमा क्षेत्रमा सकारात्मक सन्देश दिनुका साथै यसले बजारमा लगानीकर्ताको विश्वास अझ मजबुत बनाउने अपेक्षा समेत गरिएको कम्पनीले जनाएको छ। आर्थिक तथा बजारको प्रतिकूल परिस्थितिमा समेत कम्पनीले गत आर्थिक वर्षमा कम्पनीबाट उच्चतम नाफा आर्जन गर्दै सेयरधनीहरुलाई आकर्षक प्रतिफल प्रदान गरेको प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बताए । मुनाफा वितरणको उच्चतम उपलब्धिले प्रभु इन्स्योरेन्सलाई बजारमा थप सुदृढ र विश्वासिलो संस्थाका रूपमा स्थापित गरेको उनको भनाई छ ।

अध्यक्ष मल्लका अनुसार प्रभु इन्स्योरेन्सले नियमनकारी निकायको पूर्ण पालना गर्दै, आन्तरिक सुशासनलाई सुदृढ बनाउन विभिन्न नीतिगत सुधार र दीर्घकालीन रणनीतिक योजना अघि बढाइरहेको छ । ग्राहकलाई छिटो, छरितो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले प्रभु इन्स्योरेन्सले अत्याधुनिक डिजिटल ट्रान्सफर्मेशन प्रविधि लागू गरिसकेको अध्यक्ष मल्लले बताए । डिजिटल माध्यमबाट नै दाबी भुक्तानी प्रक्रिया, पोलिसी नवीकरण, तथा अन्य बीमा सेवाहरुलाई अझ सरल र प्रभावकारी बनाएको अध्यक्ष मल्लले जानकारी दिए । उनले भने “ग्राहकको सन्तुष्टि नै व्यवसायिक संस्थाको वास्तविक सफलता हो ।”

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले समाजस“ग प्रत्यक्ष सम्बन्ध राखी समुदायको दिगो विकासमा योगदान पु¥याउने कार्यलाई प्राथमिकता दिएको प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्लले बताए  । स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा प्रभु इन्स्योरेन्स सक्रिय रह“दै आएको उनको भनाई छ ।

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

समस्याग्रस्त ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित ३ वटा सहकारीका...

नाट्टा निर्वाचनमा जिश्वा तुलाधर समूहको प्रतिवद्धता सार्वजनिक

नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा...

५ सरकारी संस्थान र उद्योगबारे जनतालाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

५ वटा सरकारी संस्थानबारे प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत...

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...
spot_img