Thursday, June 18, 2026
spot_img

हिमालयन रिइन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् ७ प्रस्ताव

spot_img
spot_img

हिमालयन रिइन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले जेठ २५  गते  साधारणसभा आह्वान गरेको हो।

कम्पनी सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जेठ १० गतेसम्म कायम शेयरधनीले मात्रसभा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

क) संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

ख) आ.व. २०८० / ०८१ को लेखा परीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने ।

ग) लेखा परीक्षण समितिको सिफारिश बमोजिम आ.व. २०८१/०८२ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने ।

घ) संचालक समितिबाट प्रस्ताव भए बमोजिम हाल कायम रहेको चुक्ता पूँजी रु. १० अर्व ४० करोडको ०.२४ (निकटतम २ अंक) प्रतिशतका दरले हुन आउने रु.२४,६३१,५७८.२५ (अक्षरेपी दुई करोड छयलीस लाख एकतीस हजार पाँच सय अठहत्तर रुपैया र पैसा पन्चानब्बे मात्र ) बराबरको नगद लाभांश (बोनस शेयरको कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने ।

विशेष प्रस्ताव
क) संचालक समितिबाट प्रस्ताव भए बमोजिम हाल कायम रहेको चुक्ता पूँजी रु. १० अर्व ४० करोडको ४.५०% का दरले हुन आउने रु.४६८,०००,०००.०० (अक्षरेपी छयालीस करोड असी लाख रुपैया मात्र) बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने ।

ख) कम्पनीबाट आ.व. २०८०/०८१ मा सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकमको अनुमोदन गर्ने ।

ग) प्रबन्धपत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन वा सुधारको लागि निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्ने गराउने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने ।

spot_img
spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...
spot_img