Thursday, November 13, 2025
spot_img

लचक मौद्रिक नीतिको प्रभाव: शेयरबजारमा दोस्रो सर्किट ब्रेक

spot_img

आज आइतबारको शेयर कारोबारमा दोस्रो सर्किट ब्रेक लागेको लागेको छ । पहिलो सर्किट ब्रेक लागेर कारोबार सुरु भएको १ मिनेट भित्रै नै शेयरबजार ५ प्रतिशतले बढेपछि बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो ।

११ बजेर २२ मिनेट १२ सेकेण्डमा बजार  ५ प्रतिशत अर्थात् १२९.०७ अंकले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । अब बजार ४० मिनेटपछि खुल्ने छ।

आज नियमित कारोबार सुरु भएको डेढ मिनेट मै पहिलो सर्किट ब्रेक लागेको थियो। नियमित कारोबार ११ बजे सुरु भएकोमा ११ बजेर १ मिनेट ३१ सेकेण्डमा बजार ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेको थियो।

आजको प्रि ओपन सेसनमा शेयर बजार  ३८.२७ अंकले बढेर २६०६.४१ को बिन्दुमा पुगेको थियो  । लचक मौद्रिक नीति आएपछि लगानीकर्ता उत्साहित भएका छन् । त्यसको प्रभाव शेयरबजारमा देखिएको छ ।

बजार सुरु भएको पहिलो घण्टा भित्रमा शेयर बजार ४ प्रतिशतले घटबढ भएमा २० मिनेट सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।  त्यस्तै दोस्रो घण्टा भित्रमा ५ प्रतिशतले घटबढ भएमा ४० मिनेट सर्किट ब्रेक लाग्ने व्यवस्था छ।  र तेस्रो घण्टा भित्र ६ प्रतिशतले घटबढ भएमा पुरै दिनको लागि कारोबार बन्द हुने व्यवस्था छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...
spot_img
spot_img
spot_img