Saturday, September 5, 2026
spot_img

लचक मौद्रिक नीतिको प्रभाव: शेयरबजारमा दोस्रो सर्किट ब्रेक

spot_img

आज आइतबारको शेयर कारोबारमा दोस्रो सर्किट ब्रेक लागेको लागेको छ । पहिलो सर्किट ब्रेक लागेर कारोबार सुरु भएको १ मिनेट भित्रै नै शेयरबजार ५ प्रतिशतले बढेपछि बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो ।

११ बजेर २२ मिनेट १२ सेकेण्डमा बजार  ५ प्रतिशत अर्थात् १२९.०७ अंकले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । अब बजार ४० मिनेटपछि खुल्ने छ।

आज नियमित कारोबार सुरु भएको डेढ मिनेट मै पहिलो सर्किट ब्रेक लागेको थियो। नियमित कारोबार ११ बजे सुरु भएकोमा ११ बजेर १ मिनेट ३१ सेकेण्डमा बजार ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेको थियो।

आजको प्रि ओपन सेसनमा शेयर बजार  ३८.२७ अंकले बढेर २६०६.४१ को बिन्दुमा पुगेको थियो  । लचक मौद्रिक नीति आएपछि लगानीकर्ता उत्साहित भएका छन् । त्यसको प्रभाव शेयरबजारमा देखिएको छ ।

बजार सुरु भएको पहिलो घण्टा भित्रमा शेयर बजार ४ प्रतिशतले घटबढ भएमा २० मिनेट सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।  त्यस्तै दोस्रो घण्टा भित्रमा ५ प्रतिशतले घटबढ भएमा ४० मिनेट सर्किट ब्रेक लाग्ने व्यवस्था छ।  र तेस्रो घण्टा भित्र ६ प्रतिशतले घटबढ भएमा पुरै दिनको लागि कारोबार बन्द हुने व्यवस्था छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...