Tuesday, April 21, 2026
spot_img
spot_img

आईपीओ निष्काशन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सको नाफा २ करोड ६३ लाख

spot_img
spot_img

आईपीओ निष्काशनको तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म कम्पनीको खुद नाफा २ करोड ६३ लाख २३ हजार रुपैयाँ रहेको छ ।

२०८० असार ३१ सम्ममा कम्पनीको खुद नाफा ९२ करोड ७८ लाख रहेको थियो । त्यसपछिको ९ महिनामा कम्पनीको नाफामा भारी गिरावट आएको देखिन्छ ।

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म कम्पनीको प्रति शेयर आम्दानी २ रुपैयाँ ८ पैसा रहेको छ । कम्पनीले समीक्षा अवधिमा आफ्ना उत्पादन बिक्रीबाट ७ अर्ब आम्दानी गरेको छ । कम्पनीको रिटेन्ड अर्निंग २ अर्ब २५ करोड रहेको छ ।

कम्पनीले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई असार  २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरुलाई १ लाख १५ हजार ५ सय ९६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । आवेदन दिँदा न्युनतम ५० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ । कम्पनीले बुक विल्डिङ विधिबाट शेयर निष्काशन गर्न लागेको हो । जस अनुसार यी शेयरको मूल्य प्रति कित्ता ८२० रुपैयाँ ५० पैसा तोकिएको छ । यस निष्काशनमा साउन १० गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफांड गरेपछि आम सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

कम्पनीले यस अघि योग्य संस्थागत लगानीकर्तालाई  ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरिसकेको छ।  योग्य संस्थागत लगानीकर्तालाईलाई निष्काशन गरिएको शेयरको कट अफ मूल्य ९१२ रुपैयाँ कायम भएको थियो ।  सर्वसाधारण लगानीकर्तालाई शेयर निष्काशन गार्ड  कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था अनुसार  कम्पनीको शेयर मूल्य प्रति कित्ता ८२० रुपैयाँ ८० पैसा कायम भएको हो ।

यस सँगै रिलायन्स स्पिनिङ मिल्स  बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने  दोस्रो कम्पनी बन्ने छ। सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो ।

पवन गोल्यान रिलायन्स स्पिनिङ मिल्सका कार्यकारी अध्यक्ष हुन् । शशिकान्त अग्रवाल कम्पनीका संचालक हुने भने अक्षय गोल्यान कम्पनीका प्रबन्ध संचालक हुन् । कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा रहेको छ ।

कम्पनीले अन्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । २०५१ सालदेखि संचालनमा रहेको यस कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img