Tuesday, June 9, 2026
spot_img

धितोपत्र अध्यक्ष नियुक्ति विवादमा आज सर्वोच्चमा सुनुवाई, १ नम्बर मै पेशी

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया विवादमा आज सर्वोच्च अदालतमा सुनुवाई हुदै छ । आज न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश  बालकृष्ण ढकालको संयुक्त इजलाशमा यस मुद्दाको सुनुवाई हुन लागेको हो । यो मुद्दा उक्त इजलाशको पहिलो नम्बर मै रहेको छ ।

आजको बहस यस मुद्दामा निवेदकको माग बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्नेमा केन्द्रित हुने छ । यस अघि सर्वोच्चले यस मुद्दामा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । असार १८ गते न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलाशले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । साथै अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने  कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो ।

 अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सम्पूर्ण प्रक्रिया रद्द गरेपछि अध्यक्षको लागि आवेदन दिई सर्टलिस्टमा समेत परेका सन्तोष नारायण श्रेष्ठले असार १७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिममा आएर सिफारिस समितिले प्रक्रिया रद्द गर्नु उचित नदेखिएको भन्दै रिट दायर गरेका थिए । उनले नियुक्ति प्रक्रिया पुन: सुचारु गर्नको लागि परमादेश माग गरेका थिए ।

रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, अर्थ मन्त्रालय मातहतको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा , महान्यायाधिवक्ताको कार्यालय, नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति, सिफारिस समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य सचिव डा. मधु कुमार मरासिनी र उदय निरौलालाई विपक्षी बनाएका थिए ।

 गत शुक्रबार सिफारिस समितिले छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । सिफारिस समितिले सर्टलिस्ट गरेका ५ उम्मेदवारमध्ये २ जना मात्रै अन्तर्वार्तामा सहभागी भएपछि प्रक्रिया नै अन्योलमा थियो । यस विषयमा महान्यायाधिवक्ताको कार्यालयले २ जनाको मात्रै नाम सिफारिस गर्न नमिल्ने राय दिएपछि छनोट समितिले प्रक्रिया रद्द गरेको हो । तर श्रेष्ठले भने अन्तर्वार्तामा नआएकालाई समेत समेटेर ३ जनाको नाम सिफारिस गर्नु पर्ने जिकिर गरेका छन् ।

धितोपत्र सम्बन्धी ऐनको दफा ७ मा अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

यद्यपि सरकारले असार १७ गत सोमबार नै  धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न सरकारले नयाँ समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयागका उपाध्यक्ष मिनवहादुर श्रेष्ठको अध्यक्षतामा समिति गठन गरेको हो। समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी (पदेन सदस्य) र अर्का सदस्यमा व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन् । यस अघि गठन भएको सिफारिस समितिमा पनि यिनै ३ जना सदस्य थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका...
spot_img