Sunday, June 28, 2026
spot_img

रिलायन्स स्पिनिङ मिल्सले पायो आईपीओ निष्काशन अनुमति, एक कित्ताको मूल्य ८२० रुपैयाँ ८० पैसा

spot_img
spot_img

रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बुधबार शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको कम्पनीले जानकारी दिएको हो।

सर्वसाधारणलाई आईपीओ निष्काशनको अनुमति माग गर्दै कम्पनीले गत माघ २३ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। बोर्डबाट अनुमति पाएसँगै कम्पनीले सर्वसाधारणको लागि ११ लाख ५५ हजार ९ सय ६० कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीको शेयरको मूल्य प्रति कित्ता ८२० रुपैयाँ ८० पैसा कायम गरिएको छ ।  शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि योग्य संस्थागत लगानीकर्तालाई  ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरिसकेको छ।  योग्य संस्थागत लगानीकर्तालाईलाई निष्काशन गरिएको शेयरको कट अफ मूल्य ९१२ रुपैयाँ कायम भएको थियो ।  सर्वसाधारण लगानीकर्तालाई शेयर निष्काशन गार्ड  कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था अनुसार  कम्पनीको शेयर मूल्य प्रति कित्ता ८२० रुपैयाँ ८० पैसा कायम भएको हो ।

यस सँगै रिलायन्स स्पिनिङ मिल्स  बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने  दोस्रो कम्पनी बन्ने छ। सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो ।

पवन गोल्यान रिलायन्स स्पिनिङ मिल्सका कार्यकारी अध्यक्ष हुन् । शशिकान्त अग्रवाल कम्पनीका संचालक हुने भने अक्षय गोल्यान कम्पनीका प्रबन्ध संचालक हुन् । कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा रहेको छ ।

कम्पनीले अन्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । २०५१ सालदेखि संचालनमा रहेको यस कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img