spot_img

रिलायन्स स्पिनिङ मिल्सले पायो आईपीओ निष्काशन अनुमति, एक कित्ताको मूल्य ८२० रुपैयाँ ८० पैसा

spot_img

रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बुधबार शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको कम्पनीले जानकारी दिएको हो।

सर्वसाधारणलाई आईपीओ निष्काशनको अनुमति माग गर्दै कम्पनीले गत माघ २३ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। बोर्डबाट अनुमति पाएसँगै कम्पनीले सर्वसाधारणको लागि ११ लाख ५५ हजार ९ सय ६० कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीको शेयरको मूल्य प्रति कित्ता ८२० रुपैयाँ ८० पैसा कायम गरिएको छ ।  शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि योग्य संस्थागत लगानीकर्तालाई  ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरिसकेको छ।  योग्य संस्थागत लगानीकर्तालाईलाई निष्काशन गरिएको शेयरको कट अफ मूल्य ९१२ रुपैयाँ कायम भएको थियो ।  सर्वसाधारण लगानीकर्तालाई शेयर निष्काशन गार्ड  कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था अनुसार  कम्पनीको शेयर मूल्य प्रति कित्ता ८२० रुपैयाँ ८० पैसा कायम भएको हो ।

यस सँगै रिलायन्स स्पिनिङ मिल्स  बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने  दोस्रो कम्पनी बन्ने छ। सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो ।

पवन गोल्यान रिलायन्स स्पिनिङ मिल्सका कार्यकारी अध्यक्ष हुन् । शशिकान्त अग्रवाल कम्पनीका संचालक हुने भने अक्षय गोल्यान कम्पनीका प्रबन्ध संचालक हुन् । कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा रहेको छ ।

कम्पनीले अन्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । २०५१ सालदेखि संचालनमा रहेको यस कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...