Wednesday, July 9, 2025

निफ्राको संस्थापक सेयर बेच्दै एनआईसी एसिया बैङ्क

spot_img
spot_img

एनआईसी एसिया बैङ्कले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैङ्कले निफ्राको संस्थापक सेयर लिलाम बढाबढमार्फत बिक्री गर्न लागेको हो ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक सर्वसाधारण, विद्यमान संस्थापक तथा संघसंस्थाहरुले आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ । सोमबारदेखि क्यापिटलको कार्यालय थापाथली तथा एनआईसी एसिया बैंकका शाखा कार्यालय बिराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट असार १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँ हुनेगरी न्यूनतम १० हजार कित्ता तथा अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

हाल निफ्रामा विभिन्न बैंक तथा वित्तीय संस्थाको २०.८९ प्रतिशत, सरकारको १० प्रतिशत, सर्वसाधारणको ४० प्रतिशत, जीवन तथा निर्जीवन बीमा कम्पनीको १८.९७ प्रतिशत, निजी तथा सार्वजनिक कम्पनीको ५.१५ प्रतिशत सेयर छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img