११ महिनामा शेयर लगानीकर्ताले तिरे ४८५ करोड पुँजीगत लाभकर, वैशाखको तुलनामा जेठमा दोब्बर

spot_img

चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा शेयर लगानीकर्ताले ४ अर्ब ८५ करोड पुँजीगत लाभकर तिरेका छन् । २०८० साउनदेखि २०८१  जेठसम्मको अवधिमा लगानीकर्ताले कुल ४ अर्ब ८५ करोड ७२ लाख ९३ हजार ४ सय ४२ रुपैयाँ  बराबरको पुँजीगत लाभकर तिरेका हुन् ।

जेठ महिनामा मात्र लगानीकर्ताले ७० करोड ४२ लाख ५२ हजार पुँजीगत लाभकर तिरेका छन् । जस मध्ये व्यक्तिगत तर्फको दिर्घकालीन लाभकर वापत २३  करोड ३७  लाख, व्यक्तिगततर्फको अल्पकालीन लाभकर वापत ३८ करोड ५५  लाख, र संस्थागत लाभकर वापत ८ करोड ४९ लाख रुपैयाँ बराबरको पुँजीगत लाभकर  संकलन भएको छ ।

वैशाखको तुलनामा पुँजीगत लाभकर जेठमा झन्डै दोब्बरले बढेको छ । वैशाखमा ३६ करोड २७ लाख लाभकर संकलन भएकोमा जेठमा ७० करोड ४२ लाख लाभकर संकलन भएको छ ।

चालु आर्थिक वर्षको ११ महिना मध्ये सबैभन्दा धेरै लाभकर माघ महिनामा संकलन भएको छ । माघमा लगानीकर्ताले ९७ करोड २० लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् । त्यस्तै पुसमा ७४ करोड ३९ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । हालसम्म सबैभन्दा कम कार्तिक महिनामा लाभकर संकलन भएको छ । कार्तिकमा ८ करोड ४१ लाख रुपैयाँ लाभकर संकलन भएको छ । कार्तिकमा दशैँ र तिहारको सार्वजनिक विदाका कारण धेरै दिन शेयर कारोबार नहुँदा लाभकर संकलनमा पनि कमी आएको हो ।

हेर्नुस् कुन महिनामा कति लाभकर संकलन ?

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज...