Thursday, June 18, 2026
spot_img

हिमालयन रिइन्स्योरेन्सका सीइओसहित ५ उच्च व्यवस्थापकलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

spot_img
spot_img

नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सहित ५ जना उच्च व्यवस्थापकलाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणले बुधबार स्पष्टीकरण सोधेको हो।

प्राधिकरणले प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, नायव प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपुर, र कार्यकारी निर्देशकहरु मनिष कुमार, शिशिर गैरे, र सन्तोष केसीलाई स्पष्टीकरण सोधेको हो। ७ दिनको म्याद राखेर किन निलम्बन नगर्ने भन्दै स्पष्टीकरण सोधिएको हो। स्पष्टीकरणको जवाफ आएपछि जवाफ चित्त बुझ्दो नभए प्राधिकरणले उनीहरुलाई निलम्बन गर्न सक्ने छ।

सम्पत्ति शुद्दीकरण अनुसन्धान विभागले अहिले हिमालयन रिइन्स्योरेन्सका प्रमोटर रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शाहील अग्रवाल लगायतमाथि अनुसन्धान गरिरहेको छ । विभागको प्रारम्भिक अनुसन्धानले भट्टले ३ अर्ब ८१ करोड अनिमिताता गरेको देखिएको छ । विभागका अनुसार भट्टले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लगायतका विभिन्न कम्पनीहरुको शेयर खरिद गर्न हिमालयन रिइन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ, यसकै सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैंकरको २२ करोड १९ लाख रुपैयाँ, एचएलआई लार्ज क्याप फण्डको २५ करोड १४ लाख र नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको १६ करोड १७ लाख रकम दुरुपयोग गरेको देखिएको छ ।

रकम दुरुपयोगको विषयमा प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...
spot_img