Sunday, May 3, 2026
spot_img
spot_img

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश पारित, अब कार्यालय सर्ने

spot_img
spot_img

आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले चुक्ता पूंजीको ५ प्रतिशत नगद लाभांश दिने सम्बन्धि प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी कम्पनीको केन्द्रीय कार्यालय पनि सर्ने भएको छ । यसअघि नक्सालमा रहँदै आएको कार्यालय अब पानीपोखरीस्थित आफ्नै भवनमा सर्ने भएको हो । कम्पनीले पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटमा २ तल्ला पार्किङ्ग सहित ११ तल्लाको भवन बनाएको छ ।

ठेकेदार कम्पनीबाट कम्पनीलाई भवन हस्तान्तरण भइसकेको र माघ महिना भित्रमा कम्पनीको प्रधान कार्यालय पानीपोखरीस्थित आफ्नै भवनमा सर्ने बताइएको छ । कम्पनीलाई आवश्यक पर्ने ४ तल्लासम्म प्रयोग गरी अन्य तल्लाहरु भाडामा लगाई आम्दानी गरिने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले देशका सात वटै प्रदेशमा रहेका ९० वटा शाखाबाट देशैभरी बलियो उपस्थिति जनाइरहेको बताए । उनका अनुसार ५३१ जना कर्मचारीहरु, ४३० अभिकर्ताहरु र १९२ सर्भेयरहरुमार्फत कम्पनीले सेवा प्रदान गर्दै आएको छ ।

चुक्ता पूंजी ३ अर्ब २ करोडसहित निर्जीवन बीमा कम्पनीहरुमा आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स सबभन्दा ठूलो बीमा कम्पनीको रुपमा कम्पनी रहेको छ । गत आर्थिक वर्षमा कम्पनीले ३ अर्ब ६३ करोड ६१ लाख बीमा प्रिमीयम संकलन गरेकोमा समिक्षा वर्षमा ६.३२ प्रतिशतले वृद्धि भई ३ अर्ब ८६ करोड ५९ लाख संकलन गनै सफल भएको कम्पनीले जनाएको छ ।

साधारणसभाकै अवसर पारेर कम्पनीले IGI Health Care नयां बीमा योजना सेवा सुरु गरेको छ । यस योजनाले व्यक्ति तथा परिवारको स्वास्थ्य बीमामा सहज सेवा प्रदान हुने लक्ष्य कम्पनीको रहेको छ ।

त्यसैगरी कम्पनीले पहिलो पटक नेपालमा विश्वभरबाट ट्रेकिङ र पर्वतारोहणको लागि आउने विदेशी नागरिकहरुको लागि Himalayan Guardian Nepal संगको सहकार्यमा IGI Tourist Insurance policy को शुरुवात गरेको छ । जसबाट नेपालका विभिन्न ठाउंमा ट्रेकिङ र विभिन्न हिमश्रृखलाहरुको पर्वतारोहणको लागि आउने विदेशीहरुले दुघटना तथा उचाइजन्य रोग (Altitude Sickness) भएमा नगदरहित Rescue र औषधोपचार प्राप्त गर्न सक्ने गरी नयाँ बीमालेखको सुरुवात गरिएको कम्पनीले जनाएको छ ।

सभामा शेयरधनीलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले बीमाले आर्थिक संकटविरुद्द सुरक्षा कवचको रुपमा काम गर्दै आएको बताएका छन् । व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानव सिर्जित विभिन्न जोखिमबाट उत्पन्न हुन सक्ने आर्थिक संकटविरुद्ध बीमाले सुरक्षा कवचको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ ।

कुनै पनि राष्ट्रको अर्थतन्त्रको समग्र अवस्था, व्यवसायको विस्तार र दिगोपनाको मूल्यांकन गर्दा बीमा बजारको विकास, पहुंच र विश्वसनीयतालाई एक प्रमुख सूचकको रुपमा लिने गरिएको भन्दै ढकालले बीमा बजारको स्थायित्व कायम राख्ने र विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यका साथ कम्पनीले आफ्नो स्थापनाको २८औं बर्ष सफलतापूर्वक पूरा गरिसकेको बताए ।

बीमा बजारलाई स्वच्छ, पारदर्शी र भरपर्दो बनाउंदै बीमितको हकहितको संरक्षण गर्दै आफ्नो दायित्वप्रति कम्पनी सदैव प्रतिवद्ध रहंदै आएको पनि उनको भनाइ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img