Saturday, August 8, 2026
spot_img

कम्पनीमा आउन थाले बीमा दाबी, एउटैमा ५ अर्बसम्मको दाबी (सूचीसहित)

spot_img

भदौ २३ र २४ गते भएका विभिन्न क्षति, आगजनी र लुटपाटको बीमा कम्पनीहरुमा बीमा दाबी पर्न थालेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्ममा विभिन्न १८ वटा बीमा कम्पनीहरुमा २० अर्ब बढीको बीमा दाबी परेको छ ।

प्राधिकरणको तथ्यांक अनुसार हालसम्म १८ वटा कम्पनीमा १९८४ बीमा दाबी परेको छ, जसको कुल रकम २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँ रहेको छ । जसमा सबैभन्दा धेरै बीमा दाबी दि ओरियन्टल इन्स्योरेन्समा परेको छ । कम्पनीमा ५ अर्ब १४ करोड ७९ लाखको दाबी परेको छ । भदौ २४ गते नक्सालमा रहेको होल्टन होटेलमा आगजनी भएको थियो । सो को बीमा ओरियन्टलमा रहेकोले ओरियन्टलमा परेको बीमा दाबी सबैभन्दा धेरै छ ।

त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४ अर्ब ९३ करोडको बीमा दाबी परेको छ भने शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोडको बीमा दाबी परेको छ । अर्ब बढीको बीमा दाबी पर्ने कम्पनीहरुमा आईजीआई प्रुडेन्शियल इन्स्योरेन्स , सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र नेको इन्स्योरेन्स रहेका छन्  ।

लघुबीमा कम्पनीहरुमा पनि बीमा दाबी परेको छ । जसमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सबैभन्दा धेरै १ करोड १३ लाखको बीमा दाबी परेको छ भने स्टार माइक्रो इन्स्योरेन्समा ६७ लाख ७ हजारको बीमा दाबी परेको छ ।

बीमा दाबी पर्ने क्रम जारी नै रहेकोले यो रकम बढ्ने निश्चित छ ।

हेर्नुस् कुन कम्पनीमा कति दाबी ?

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...

कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट...

नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स

दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम...

आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG...
spot_img