Sunday, July 19, 2026
spot_img

जीवन बीमा कम्पनीको व्यवसाय: नेपाल लाइफ शिर्ष स्थानमा, सन लाइफ लास्ट (सूचीसहित)

spot_img

चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले आधा खर्ब बढी बीमाशुल्क (बीमा प्रिमियम) संकलन गरेका छन् । २०८१ साउन देखि २०८१ कार्तिकसम्मको अवाधिमा संचालनमा रहेका १४ बीमा कम्पनीले कुल ५३ अर्ब ३९ करोड ३२ लाख ४६ हजार रुपैयाँ बीमा प्रिमियम संकलन गरेका हुन् ।

जस मध्ये नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक १५ अर्ब ४० करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ। त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सले ६ अर्ब ४३ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ अर्ब ५ करोड तथा हिमालयन लाइफ इन्स्योरेन्सले ५ अर्ब ५८ करोड बराबरको बीमा प्रिमियम संकलन गरेका छन् ।

यस अवधिमा सन् नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा कम अर्थात् १ अर्ब २८ करोड बीमा प्रिमियम संकलन गरेको छ। त्यस्तै आईएमई लाइफ इन्स्योरेन्सले १ अर्ब ५३ करोड तथा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ५५ करोड बीमा प्रिमियम संकलन गरेको छ।

जीवन बीमा कम्पनीहरुले कार्तिक महिनामा मात्र १२ अर्ब ३१ करोड बीमाशुल्क संकलन गरेका छन् ।

हेर्नुस् चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुको प्रिमियम संकलन 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...
spot_img