नेशनल लाईफ इन्स्योरेन्सले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको व्यवसाय गरी छनोट भएका अभिकर्ताहरुका लागि एक दिने तालिम सम्पन्न गरेको छ । कम्पनीले बागमती र मधेश प्रदेशका विभिन्न शाखामा आवद्ध रहेका अभिकर्ताहरुलाई तालिम प्रदान गरेको हो ।
कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेलको सभपतित्वमा सम्पन्न भएको सो कार्यक्रम अन्तर्गत छनोट भएका २८० जना अभिकर्ताहरु सहभागी थिए । उनीहरुलाई प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षक रजाले विभिन्न उदाहरण प्रस्तुत गर्दै एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
कम्पनीका उप प्रमुख कार्यकरी अधिकृत कँडेलले कम्पनीमा आवद्ध अभिकर्ताहरुलाई आफुले आत्मसात गरेको अभिकर्ता पेशालाई व्यावसायिक बनाउने उदेश्यले कम्पनीले विभिन्न अभिकर्तामैत्री मासिक तथा वार्षिक योजना जारी गर्दै आइरहेको र यसै सन्दर्भमा अभिकर्ताहरुलाई उक्त तालिम आयोजना गरिएको बताए ।
कम्पनीका मासिक मन्थन योजनामा देशैभरबाट ७०० भन्दा बढी अभिकर्ताहरु छनोट हुनुले यो योजना सफल भएको उनको भनाइ छ । उनले शाखा स्तरस्य प्रथम द्वितीय र तृतिय हुन सफल अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणाले यस प्रकारको तालिमबाट अभिकर्ताहरूले आफ्नो पेशामा उत्कृष्टता हाँसिल गरि प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल साबित गर्न सक्ने बताए ।













