Thursday, June 18, 2026
spot_img

सन नेपाल लाइफ इन्स्योरेन्सको नेशनल एजेन्सी मिट सम्पन्न 

spot_img
spot_img

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नेशनल एजेन्सी मिट सम्पन्न भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको अध्यक्षतामा होटल ग्रान्ड पोखरामा दुई दिने नेशनल एजेन्सी मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको कम्पनीले जनाएको छ।

देशभरिका प्रतिष्ठित एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा कम्पनीले असाधारण प्रदर्शन गर्ने अभिकर्ताहरू तथा MDRT 2026 हासिल गर्ने सदस्यहरूलाई विशेष सम्मान प्रदान गरेको हो। कम्पनीका अनुसार कार्यक्रमको पहिलो दिन उत्कृष्ट व्यवसाय, समर्पण र निरन्तर योगदानमार्फत कम्पनीको वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिकर्ताहरूलाई कदर गर्दै सम्मान समारोह आयोजना गरिएको थियो। MDRT 2026 प्राप्त गर्ने अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको उपलब्धिका रूपमा विशेष सम्मान गर्दै कम्पनीले उनीहरूको पेशागत उत्कृष्टता र नेतृत्व क्षमताको उच्च मूल्याङ्कन गरेको थियो।

कम्पनीका अनुसार दोस्रो दिन अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा केन्द्रित प्रशिक्षण सत्र सञ्चालन गरिएको थियो। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेल्स ट्रेनर तथा लिडरसिप कोच अनिल झाले बिक्री कौशल, नेतृत्व क्षमता, सोचको रूपान्तरण तथा ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माणका विषयमा प्रेरणादायी प्रशिक्षण प्रदान गरेका थिए। उनको सशक्त प्रस्तुति र व्यावहारिक अनुभवले सहभागी अभिकर्ताहरूलाई अझ उच्च लक्ष्यसहित अघि बढ्न उत्प्रेरित गरेको कम्पनीले जानेको छ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कबि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईको प्रमुख उपस्थिति रहेको थियो त्यस्तै उत्कृष्ट नतिजा हासिल गर्ने शाखा प्रमुखहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

हाल सन नेपाल लाइफ इन्स्योरेन्सको देश भरि १४८ शाखा तथा उपशाखा संचालनमा रहेका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घट्यो सुनचाँदीको भाउ

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

युद्द अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौतामा हस्ताक्षर

इरान र संयुक्त राज्य अमेरिकाबीच युद्ध अन्त्य गर्न १४...

एभरेष्ट कलरको आईपीओ बाँडफाँड

एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...

एभरेष्ट कलरको आईपीओ आज बाँडफाँड हुँदै

एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
spot_img