Friday, April 10, 2026
spot_img
spot_img

 नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

spot_img
spot_img

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले पोखराको होटल वाटरफ्रण्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबााट योग्य भएका २२० जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं गण्डकी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीबाट शुभारम्भ गरिएको सम्मान कार्यक्रममा गण्डकी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सदस्यता वितरण तथा सम्मान गरिएको थियो भने सो प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले गण्डकी प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप गण्डकी प्रदेशमा पहिलो सम्मान कार्यक्रम राखिएको र अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराए।  साथै उनले कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट १६०० जना भन्दा बढि अभिकर्ताहरु छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताए ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले तालिम प्रदान गरेका थिए। तालिमको क्रममा उनले जीवन बीमा व्यवसायमा सफलता पाउनका लागि धेरै भन्दा धेरै व्यक्तिहरुसंग सम्पर्क बढाई बीमा पोलिसीको कुरा राख्न सक्ने आवाश्यक ज्ञान र साहस चाहिने बताए ।

समारोहमा, चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्न पाउँदा भविष्यमा यस पेशालाई निरन्तरता दिई व्यवसायिक बनाउँदै लाने उर्जा मिलेको सहभागि अभिकर्ताहरुले जानकारी गराए। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएको कम्पनीले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महासंघ विवादः कालो ब्यानरमा १८ वटा संस्थाको ‘प्रेस मिट’

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन सम्बन्धमा विवाद...

पक्राउ पर्न थाले महिला यात्रुमाथि अपशब्द बोल्दै ‘भ्लग’ बनाउने राइडर

‘भ्लग’का नाममा महिला यात्रुहरुमाथि अपशब्द बोल्दै भिडियो बनाएर सामाजिक...

चुनाव रोकिएपछि महासंघमा तारन्तार छलफल, घण्टैपिच्छे बैठक

उच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न आदेश...

दुई मन्त्री थपिए

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।...

पाईलटलाई जागिर पाउनै मुस्किल, लाईसेन्स पाएका मध्ये आधा बेरोजगार

एउटा निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनीले पाईलट माग...

वित्तीय क्षेत्रले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्ने सरकारको प्रतिबद्ध छ: अर्थमन्त्री वाग्ले

नेपाल बैंकर्स संघको कार्यकारी समिति सदस्यहरूले नवनियुक्त अर्थमन्त्री डा....
spot_img