Saturday, May 2, 2026
spot_img
spot_img

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगै अगाडी नबढेमा नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने, ‘जबसम्म निजी क्षेत्र सँगसँगै लिएर जान सकिँदैन तबसम्म नेपालको अर्थतन्त्र अगाडी लैजान सकिँदैन । यो प्रमाणित पनि भइसकेको छ ।’ निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण फेर्नु पर्ने आवश्यकता रहेको उनले बताए । अर्थतन्त्रका एजेन्डाहरूमा नेपाल पछि परेकाले यसमा ध्यान दिनुपर्ने समेत उनले बताए । हाम्रोमा कलेक्टिक एप्रोज पनि नभएकोमा उनले गुनासो गरे । यस्तो गर्न नसकेमा हामीले खोजेको वास्तविक रिजल्ट प्राप्त गर्न नसकिने उनले बताए । नेपालमा केही गर्न सकिँदैन भनेर जुन प्रचार गरिएको छ त्यसलाई चिर्ने काम नेपाल उद्योग वाणिज्य महासंघले गरिरहेको उनले बताए । ‘ आन्तरिक पुँजी परिचालन गरेर धेरै गर्न सकिन्छ । नेपालमा केही गर्न सकिँदैन भन्ने म्यासेजलाई चिर्दै निजी क्षेत्रले नेपालमै केही गर्न सकिन्छ भनेर गर्न सन्देश दिएका छौँ’, उनले भने ।

त्यस्तै, जेनजी आन्दोलनले माग गरेजस्तै सुशासनका विषयमा निजी क्षेत्रले पनि माग गरेको उनले बताए । आन्दोलनपछि कतिपय निजी क्षेत्रले माग गरेको विषयहरू परिवर्तन भइसकेका र हुने क्रममा रहेकाले निजी क्षेत्र उत्साहित रहेको छ । साथै उनले सिईओको हातमा निर्णय रहने भएकाले उनीहरूको चाहाना अनुसार काम हुने गरेको उनले गुनासो गरे । अध्यक्ष ढकालले भने, ‘सीईओले चाह्यो भने त्यो अध्यक्षलाई मनाएर जसरी पनि पारित गर्छ । तर यदि सिईओले चाहेन भने उसले कुनै कुरा पारित गर्न मान्दैन । यस्तो किसिमको गतिविधि सबैतिर रहेको छ ।’ एफएनसीसीआईले नेपालमा लगानी प्रवर्द्धन गर्नका लागि देश तथा विदेशमा विभिन्न क्रियाकलापहरू गरेको समेत उनले जानकारी दिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...
spot_img