Saturday, July 11, 2026
spot_img

नेपालले विदेशीलाई तिर्नुपर्ने ऋण १२ खर्ब नाघ्यो, कसलाई कति तिर्न बाँकी ? (सूचीसहित)

spot_img

नेपालको सार्वजनिक ऋण २४ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २०८१ जेठ मसान्तसम्मको तथ्यांक अनुसार नेपालले तिर्न बाँकि सार्वजनिक ऋण २४ खर्ब ३४ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

जस मध्ये ५०.३२ प्रतिशत अर्थात् १२ खर्ब ७ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ बाह्य ऋण अर्थात् विदेशबाट लिइएको ऋण हो । बाँकि रहेको ४९.६८ प्रतिशत अर्थात् ११ खर्ब ९२ अर्ब ४८ करोड ४ लाख रुपैयाँ आन्तरिक ऋण अर्थात् नेपाल भित्रबाट नै लिइएको ऋण हो ।

वैदेशिक ऋणतर्फ बहुपक्षिय ऋणदाताबाट लिइएको ऋण १० खर्ब ७१ अर्ब रहेको छ भने द्विपक्षीय ऋणदाताबाट लिइएको ऋण १ खर्ब ३६ अर्ब रहेको छ ।

हेर्नुस् नेपालले कुन विदेशी ऋणदातालाई कति ऋण तिर्न बाँकि छ ?

द्विपक्षीय तर्फ 

१. बेल्जियम : ४८ करोड ७४ लाख

२. एक्जिम बैंक कोरिया : ५ अर्ब ८ करोड ८२ लाख

३. एक्जिम बैंक लाइन अफ क्रेडिट इन्डिया : ४० अर्ब १४ करोड ८८ लाख

४. एक्पोर्ट इम्पोर्ट बैंक अफ चाइना : ३३ अर्ब ९४ करोड ६५ लाख

५. जापान इन्टरनेशनल कर्पोरेशन एजेन्सी (जाइका): ५१ अर्ब ११ करोड ९९ लाख

६. कुवेत : १ अर्ब ८४ करोड ७३ लाख

७. नाटिक्सिस बैंक फ्रान्स : १ अर्ब ३ करोड १० लाख

८. साउदी : ३ अर्ब ७ करोड ५८ लाख

बहुपक्षीय ऋणदाता तर्फ 

१. एशियन डेभलपमेन्ट बैंक : ४ खर्ब २ अर्ब ३७ करोड ३९ लाख

२. एशियन इन्फ्रास्ट्रकचर इन्भेष्टमेन्ट बैंक : १ अर्ब ६३ करोड ६४ लाख

३. नोर्डिक डेभलपमेन्ट बैंक : १ अर्ब ७५ करोड १९ लाख

४. ओपेक फण्ड फर इन्टरनेशनल डेभलपमेन्ट : ७ अर्ब ३४ करोड २३ लाख

५. इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन: ५ खर्ब ७९ अर्ब ५३ करोड ८६ लाख

६. इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट : १० अर्ब ४१ करोड ३ लाख

७. अन्तराष्ट्रिय मुद्रा कोष : ५७ अर्ब २८ करोड ४६ लाख

८. युरोपियन इकोनोमिक काउन्सिल : १५ करोड ७६ लाख

९. युरोपियन इन्भेष्टमेन्ट बैंक : १० अर्ब ६१ करोड ९८ लाख

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img