spot_img

नेपालले विदेशीलाई तिर्नुपर्ने ऋण १२ खर्ब नाघ्यो, कसलाई कति तिर्न बाँकी ? (सूचीसहित)

spot_img

नेपालको सार्वजनिक ऋण २४ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २०८१ जेठ मसान्तसम्मको तथ्यांक अनुसार नेपालले तिर्न बाँकि सार्वजनिक ऋण २४ खर्ब ३४ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

जस मध्ये ५०.३२ प्रतिशत अर्थात् १२ खर्ब ७ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ बाह्य ऋण अर्थात् विदेशबाट लिइएको ऋण हो । बाँकि रहेको ४९.६८ प्रतिशत अर्थात् ११ खर्ब ९२ अर्ब ४८ करोड ४ लाख रुपैयाँ आन्तरिक ऋण अर्थात् नेपाल भित्रबाट नै लिइएको ऋण हो ।

वैदेशिक ऋणतर्फ बहुपक्षिय ऋणदाताबाट लिइएको ऋण १० खर्ब ७१ अर्ब रहेको छ भने द्विपक्षीय ऋणदाताबाट लिइएको ऋण १ खर्ब ३६ अर्ब रहेको छ ।

हेर्नुस् नेपालले कुन विदेशी ऋणदातालाई कति ऋण तिर्न बाँकि छ ?

द्विपक्षीय तर्फ 

१. बेल्जियम : ४८ करोड ७४ लाख

२. एक्जिम बैंक कोरिया : ५ अर्ब ८ करोड ८२ लाख

३. एक्जिम बैंक लाइन अफ क्रेडिट इन्डिया : ४० अर्ब १४ करोड ८८ लाख

४. एक्पोर्ट इम्पोर्ट बैंक अफ चाइना : ३३ अर्ब ९४ करोड ६५ लाख

५. जापान इन्टरनेशनल कर्पोरेशन एजेन्सी (जाइका): ५१ अर्ब ११ करोड ९९ लाख

६. कुवेत : १ अर्ब ८४ करोड ७३ लाख

७. नाटिक्सिस बैंक फ्रान्स : १ अर्ब ३ करोड १० लाख

८. साउदी : ३ अर्ब ७ करोड ५८ लाख

बहुपक्षीय ऋणदाता तर्फ 

१. एशियन डेभलपमेन्ट बैंक : ४ खर्ब २ अर्ब ३७ करोड ३९ लाख

२. एशियन इन्फ्रास्ट्रकचर इन्भेष्टमेन्ट बैंक : १ अर्ब ६३ करोड ६४ लाख

३. नोर्डिक डेभलपमेन्ट बैंक : १ अर्ब ७५ करोड १९ लाख

४. ओपेक फण्ड फर इन्टरनेशनल डेभलपमेन्ट : ७ अर्ब ३४ करोड २३ लाख

५. इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन: ५ खर्ब ७९ अर्ब ५३ करोड ८६ लाख

६. इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट : १० अर्ब ४१ करोड ३ लाख

७. अन्तराष्ट्रिय मुद्रा कोष : ५७ अर्ब २८ करोड ४६ लाख

८. युरोपियन इकोनोमिक काउन्सिल : १५ करोड ७६ लाख

९. युरोपियन इन्भेष्टमेन्ट बैंक : १० अर्ब ६१ करोड ९८ लाख

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...