Monday, June 22, 2026
spot_img

वाणिज्य विभागको महानिर्देशक बने सह–सचिव कुमार दाहाल

spot_img
spot_img

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव कुमार दाहालले पाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रीस्तरी निर्णयमार्फत दाहाललाई वाणिज्य विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

विभागका महानिर्देशक रहेका राजन पौडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएपछि विभागमा महानिर्देशको पद रिक्त खाली थियो ।

अहिले महानिर्देशक बनाइएका दाहाल यसअघि ८ वर्ष अघि पनि वाणिज्य विभागकै महानिर्देशक थिए । २०७३ सालमा सहसचिव भएका उनको पहिलो पदस्थापन नै वाणिज्य विभागको महानिर्देशकमा भएको थियो ।

त्यतिबेला १ वर्ष महानिर्देशकको जिम्मेवारी सम्हालेर बिदा भएका उनले ११ महिना बिराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, एक वर्ष यातायात व्यवस्था विभागमा महानिर्देशक र ६ महिना राष्ट्रिय सूचना आयोगमा काम गरे ।

१४ महिना वैदेशिक रोजगार विभागको महानिर्देशक पनि बने । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत काम गरेका उनले सोही प्रदेशको यातायात मन्त्रालयको सचिव भएर पनि ११ महिना काम गरे ।

१४ महिना स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक, ७ महिना युवा तथा खेलकुद मन्त्रालय र ७ महिना भूमि मन्त्रालयमा कार्यरत रहेका दाहाल अन्ततः वाणिज्य विभागको महानिर्देशक बनेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
spot_img