आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा झरेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २७ हजार ७ सय ४५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ८० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय २६ रुपैयाँ तोकिएको छ ।













