Tuesday, April 21, 2026
spot_img
spot_img

पर्यटन बोर्डको नेतृत्वमा लन्डनको डब्लयूटीएममा नेपालको सहभागिता

spot_img
spot_img

लन्डनमा आयोजित ‘वल्र्ड ट्राभल मार्केट २०२४ (डब्ल्यूटीएम)’ मा नेपालले सहभागिता जनाएको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले २०८१ कार्तिक २० देखि २२ गते (५–७ नोभेम्बर २०२४)सम्म आयोजना गरिएको वल्र्ड ट्राभल मार्केट–२०२४ मा सहभागीता जनाएको हो ।

नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा आफ्नो उपस्थिति जनाउँदै विश्व पर्यटन उद्योगको ध्यान आकर्षित गरेको जनाइएको छ । नेपाल पर्यटन बोर्डले गौरवपूर्वक आफ्नो ४० वर्षको सहभागिता वर्षको उत्सव मनाउँदै विश्व पर्यटन क्षेत्रमा लामो समयदेखिको योगदानलाई निरन्तरता दिएको हो ।

१८४ देशहरूबाट ४३ हजार सहभागीहरू, ३ हजार ८७५ प्रदर्शकहरू सहभागी डब्ल्यूटीएममा ८२ वटा सम्मेलन सत्रहरू आयोजना गरिएको थियो । हालै लोन्ली प्लानेटद्वारा २०२४ का लागि बेस्ट इन ट्राभल गन्तव्यका रूपमा घोषित भएपछि, यस वर्ष डब्लयूटीएममा नेपालको उपस्थिति थप महत्वपूर्ण बनेको छ । यसले विश्वभरका यात्रुहरू र पर्यटन व्यवसायीसामु नेपालको अनौठो सम्पदाहरुलाई प्रस्तुत गर्ने महत्तवपूर्ण अवसर प्रदान गरेको छ ।

वल्र्ड ट्राभल मार्केटमा नेपालको सहभागिताले नेपाललाई उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुन सघाउने र यसले नेपाललाई शीर्ष अन्तर्राष्ट्रिय गन्तव्यहरूको साथ उभ्याउने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए । उनले नेपालको यो सहभागिताले नयाँ व्यवसायिक अवसरहरू विकास गर्दै, समृद्ध संस्कृति, अनुपम प्राकृतिक दृश्य र पर्यावरणमैत्री पर्यटनमा रुचिी राख्ने वातावरणीय सजग यात्रुहरूसँग सम्बन्ध स्थापित गर्ने अवसर प्रदान गर्ने समेत बताए ।

“लोन्ली प्लानेटले नेपाललाई बेस्ट इन ट्राभल गन्तव्यका रूपमा सम्मानित गरेको छ, लोन्ली प्लानेटको यो मान्यताले नेपालको पर्यटन सेवाहरूलाई थप विश्वसनीयता प्रदान गर्दै, प्रतिस्पर्धी गन्तव्यहरूबाट यसलाई अलग बनाउँछ । डब्ल्यूटीएममा नेपालको सहभागिताले देशका अनुपम परिदृश्यहरू प्रख्यात हिमालदेखि प्राचीन सांस्कृतिक स्थलहरूलाई समेटेको छ । यसले आगन्तुकहरूलाई नेपाली सम्पदाका विशिष्ट तत्वहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर दिएको छ” कार्यकारी प्रमुख जोशीले भने ।

नेपाल विश्वका लागि नेआकर्षक गन्तव्यका रूपमा रहिरहेको सन्दर्भमा नेपाललाई साहसिक यात्रा, अध्यात्म र सम्पदाको संयोजनको गन्तव्यका रुपमा थप परिचित र बलियो छवी बनाउने कार्यमा यो सहभागिताले महत्वपूर्ण भूमिका खेल्ले अपेक्षा गरिएको कार्यकारी प्रमुख जोशीले बताए । नेपालबाट डब्ल्यूटीएमा विभिन्न ट्रावल कम्पनीहरु, होटल, रिर्सोटहरु सहभागिता रहेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

TMS को ‘कमजोरी लुकाउन’ थालिएको चलखेल असफल, नेप्सेको चासोपछि दुवै पक्ष ब्याक

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

सदस्यता समितिले १८ वटा संघलाई किन गरेको थिएन सदस्यता सिफारिस ? यस्तो छ हरेकको कारण

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘१८ वस्तुगत सदस्य’को किचलोले गर्दा...

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...
spot_img