पोखराको लेकसाइडस्थित होटल बाराहीमा दशैँ भोज हुने भएको छ । दशैँमा पाक्ने खाने कुराका परिकार पस्कने उद्देश्यले होटल बाराहीले दशैँ भोज स्किम ल्याएको हो । यो स्किममा ग्राहकले दशैँको सम्पूर्ण परिकार खान पाउनेछन् ।
आन्तरिक पर्यटकलाई लक्षित गर्दै होटल बाराहीले अक्टोबर १०, ११ र १२ तारिखमा ‘बाराही दशैँ भोज’ आयोजना गर्नेछ । बिहान साढे ११ बजेदेखि सुरु हुने भोजमा मासुका विभिन्न परिकार पाक्नेछ । यसका लागि प्रत्येक ग्राहकले २ हजार रुपैयाँ तिर्नुपर्ने फूड एण्ड बेभरेज म्यानेजर रामजी घतानीले जानकारी दिएका छन् ।
‘‘गेट टुगेर गरौँ, बाहिर गएर रमाइलो गरौँ’ भन्नेहरुका लागि होटल बाराहीले यो वर्ष स्वागत गर्दै दशैँ मनाउन लागेको हो । नेपाली खाना संस्कृतिलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ होटल बाराहीले दशैँ भोजको आयोजना गर्न लागेको हो ।