दरबारमार्गको ५ तारे होटल डेला अन्नपूर्णमा भारतीय होटल समूह आईटीसीको प्रवेश भएको छ । भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ र लिटिल एन्जल्सका सञ्चालक उमेश श्रेष्ठ समूहले होटलको बहुमत शेयर खरिद गरेपछि अन्नपूर्णलाई अन्नपूर्ण स्वायर बनाएर नयाँ ब्राण्डिङ गरेका छन् । यस लगत्तै भारतीय प्रिमियर ब्राण्ड आईटीसी वेलकमलाई साझेदारका रुपमा भित्र्याउने समझादारी पनि भएको छ ।
अन्टर्राष्ट्रिय चेन होटल भित्र्याउन सम्बन्धमा बिहीबार अन्नपूर्ण स्क्वायर र भारतीय चेन होटल आईसीटी हस्पिटालिटीबीच सम्झौता भएको छ ।
अन्नपूर्णमा नयाँ सञ्चालक भित्रिएसँगै होटल पूरै भत्काएर नयाँ बनाउने काम भइरहेको छ । नयाँ संरचना बनाएर उक्त होटललाई २०८५ वैशाखदेखि सञचालनमा ल्याउने तयारी भएको छ । अन्तराष्ट्रिय चेन भएसँगै अन्नपूर्णमा अब ३३० कोठा हुनेछन् । होटल परिसममै विजनेस कम्प्लेक्ससहितको ४० युनिटको अपार्टमेन्टसमेत बन्नेछ ।
हाल अन्नपूर्ण स्क्वायरको अध्यक्ष मीनबहादुर गुरुङ छन् । गुरुङले अन्नपूर्ण स्क्वायरलाई दक्षिण एसियाकै उत्कृष्ट होटल बनाउने उद्देश्य राखेको बताएका छन् ।
होटलमा ६ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने अनुमान गरिएको छ ।













