सेप्टेम्बर महिनामा भारतबाट २२ हजार ९ सय ८४ पर्यटक नेपाल आएका छन् । पर्यटन बोर्डका अनुसार २०२४ को सेप्टेम्बरमा भारतबाट २२ हजार ९ सय ८४ पर्यटक नेपाल आएका छन् ।
नेपालमा मनसुनको प्रभाव पर्दा भारतीय पर्यटक घटेका हुन् । गत वर्षको सेप्टेम्बरमा २८ हजार ६ सय ९४ जना भारतीय पर्यटक नेपाल आएका थिए ।
यस्तै, यसपालीको सेप्टेम्बरमा अमेरिकाबाट १० हजार ८४ पर्यटक भित्रिँदा चीनबाट ८ हजार ४२, अस्ट्रेलियाबाट ५ हजार ३८ र बेलायत ४ हजार ४ सय ९३ पर्यटक नेपाल आएका छन् । यस्तै श्रीलंकाबाट ४ हजार ९ सय १५, बंगलादेशबाट ४ हजार १ सय ३, जर्मनीबाट २ हजार ७ सय ४, दक्षिण कोरियाबाट २ हजार ३ सय ५१ र मलेसियाबाट २ हजार २ सय ८० पर्यटक नेपाल आएका छन् ।
नेपाल–कोलम्बो सिधा हवाई उडान हुँदा श्रीलंकाबाट आउने पर्यटकको संख्या गत वर्षभन्दा बढेको छ । गत वर्षको सेप्टेम्बरमा श्रीलंकाबाट ३ हजार ११ पर्यटक आएका थिए भने यसवर्षको सेप्टेम्बरमा ४ हजार ९ सय १५ पर्यटक आएका हुन् ।
यसैगरी, नेपाल आउने पर्यटकको संख्या पछिल्लो ९ महिनामा ८ लाख नाघेको छ । जनवरीदेखि सेप्टेम्बरसम्म ८ लाख १६ हजार ६ सय ३९ पर्यटक नेपाल आएका छन् । तीमध्ये सबैभन्दा धेरै मार्च र अप्रिलमा १ लाखमाथि आएका छन् ।
यसमध्ये मार्च र अप्रिलमा १ लाखमाथि पर्यटक नेपाल आएका छन् ।
सन् २०२४ को कुन महिनामा कति पर्यटक आए ?
जनवरीः ७९,१००
फेब्रुअरीः ९७,४२६
मार्चः १,२८,१६७
अप्रिलः १,११,३७६
मेः ९०,२११
जुनः ७६,७३६
जुलाईः ६४,५९९
अगस्टः ७२,७१९
सेप्टेम्बरः ९६,३०५













