Saturday, September 14, 2024

दुई चर्चित पाँचतारे होटल बिक्रीमा, मन्दीमा अर्बौ लगानी बोकेर को आउला ?

यतिबेला मुलुकको राजधानीमा चलेका दुइ चर्चित पाँचतारे होटल बिक्रीको चर्चाले होटल तथा पर्यटन क्षेत्र गर्माएको छ । बिक्री गर्न खोजिएका याक एण्ड यति र एभरेष्ट होटलको मूल्याङ्कन अर्बौ छ । आर्थिक मन्दीको अवस्था कायमै रहेको बेलामा ठूलो मूल्य तिरेर को भित्रिएला भन्ने चासो पनि सँगसँगै उब्जिएको छ ।

याक एण्ड यतिः ३० अर्ब मूल्याङ्कन

काठमाडौँको दरबारमार्गस्थित सय वर्ष पूरानो लाल दरबारमा चलिरहेको याक एण्ड यति होटल अहिलेको व्यवस्थापनले बिक्री गर्न चाहेको छ । यस होटलको व्यवस्थापन सम्हालिरहेको भारतीय पक्षले होटलको बिक्रीका लागि ३० अर्ब रुपैयाँको मूल्याङ्कन गराइसकेको छ ।

खासगरि, २०७८ सालमा होटलका संस्थापक राधेश्याम सर्राफको निधन भएपछि नै यस होटल अब कसले कसरी चलाउँछन् भन्ने प्रश्न थियो । तर, त्यतिबेला उनका परिवारका सदस्यले होटल चलाएपनि अहिले आएर बिक्री गर्न खोजिरहेका छन् ।

५७ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा २४७ वटा कोठा छन् । नेपालकै पूरानोमध्येको पाँचतारे यस होटलमा ठूला ठूला ५ वटा कन्फ्रेन्स तथा इभेन्ट्स हलहरु छन् । स्वीमिङ पुल, स्पा र क्यासिनो लगायतका भव्य संरचना भएको यस होटलले क्यासिनोको रोयल्टी नतिरेको विवाद हालसम्म पनि कायमै छ । क्यासिनो रोयल्टीको विषय अहिले अदालतमा पुगेको छ ।

सन् १९८४ को अक्टोबरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको यस होटलको त्यतिबेला हरेक दिन सेयर कारोबार हुन्थ्यो । सन् २००५ डिसेम्बर १९ मा यस होटलको अन्तिम कारोबार भएको रेकर्ड नेप्सेमा देखिन्छ । अन्तिम कारोबार हुँदा यस होटलको सेयर मूल्य ६०० रुपैयाँ थियो । होटलको २२ लाख ९ हजार २०८ कित्ता सेयर नेप्सेमा सुचिकृत थियो । तर, होटलले नेप्सेमा बुझाउनुपर्ने विवरणहरु नबुझाउँदा नेप्सेले हाल यसलाई निस्क्रिय कम्पनीका रुपमा राखेको छ ।

एभरेष्ट होटलः १० अर्बमा बिक्रीको तयारी

नयाँबानेश्वरस्थित पाँचतारे एभरेष्ट होटल पनि बिक्रीको सूचीमा भएको पाँचतारे होटल हो । यस होटलको व्यवस्थापनले बिक्रीका लागि १० अर्ब रुपैयाँको मूल्याङ्कन गराएको बताइएको छ ।

३१ रोपनी जमिनमा बनेको बनेर ‘द होटल एभरेष्ट इन्टरनेसनल’का नाममा चल्दै आएको यो होटल २०७२ सालदेखि नै नवीकरण भने भएको छैन । १६० कोठा भएको यस होटलमा राखिएको क्यासिनो पनि पछिल्लो समय सञ्चालनमा छैन ।

नवीकरण नै नभएपनि पछिल्लो दुइ वर्षयता भने होटल राम्रैसँग चलिरहेको छ । तर, विदेशी मुद्रा सटही लगायतका सेवा दिन भने होटलले पाएको छैन । यसका लागि नवीकरण हुनुपर्छ । तर, नवीकरण नै नगरी व्यवस्थापन पक्षले पटक पटक होटल बिक्रीको प्रयास गरिरहेको छ ।

भूकम्पपछि बन्द भएको यस होटलको पुनः निर्माणका लागि तत्कालिन जनता बैंकले ७५ करोड अरु केही बैंकले ५ करोड ऋण लगानी गरेका थिए । होटलको व्यवस्थापन पक्षले अहिले बिक्रीका लागि गरेको मूल्याङ्कन उक्त ऋण कटाएर गरेको हो वा चूक्ता गरिसकेपछिको मूल्याङ्कन हो भन्नेबारे खुलाएको छैन ।

‘तत्काल बिक्री हुन्छन् जस्तो लाग्दैन’

दुई ठूला चर्चित पाँचतारे होटल बिक्रीमा रहेपनि तत्काल बिक्री हुनेमा भने आशंका रहेको होटल क्षेत्रका जानकारहरु बताउँछन् । कोभिड–१९ पश्चात पर्यटन क्षेत्रलाई सबैभन्दा छिटो ‘रिभाइभ’ हुने क्षेत्र भनिएकाले अहिले नयाँ नयाँ चेन र तारे होटलहरु थपिइरहेको अवस्थामा पूराना होटलहरु बिक्रीमा राखिनुले बजारमा प्रतिस्पर्धा बढेको स्पष्ट संकेत गर्ने एक जना होटल व्यवसायीको भनाइ छ ।

‘नेपालको हकमा पर्यटन नै सबैभन्दा भरपर्दो र आर्थिक उन्नतिका लागि बलियो माध्यम हो, यस्तो अवस्थामा नयाँ नयाँ होटलहरु आएका छन्, विदेशी चेन भित्रिँदैछन्, हाम्रै आन्तरिक चेनहरु पनि ग्रुपका रुपमा विकसित भएर तारे स्तरको सेवा दिन अब्बल भइसकेका छन्’ ति होटल व्यवसायी भन्छन्, ‘पूराना होटलका व्यवस्थापकहरुले होटल बिक्री गर्ने कुरा जुन गरिरहेका छन्, यो भनेको नयाँ नयाँ प्रतिस्पर्धीको जन्म भयो, नयाँ भिजन र युथ लिडरसीपसहित आएका होटलसँग प्रतिस्पर्धा गर्न सकिँदैन भन्ने भएर पनि होला भन्ने लाग्छ । तर, अहिले पनि मन्दी कायमै रहेकाले तत्कालै बिक्री भइहाल्छन् भन्ने चाहिँ लाग्दैन ।’

spot_img

- Advertisement -

spot_img
spot_img

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति, आगामी वर्षको लागि निवेदन आह्वान

नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

दीपल एक्सचेन्ज कानिर्भलः जुनसुकै ब्राण्डका पुराना गाडी ‘दीपल ईभी’सँग साट्न सकिने

नेपालका लागि चाङ्गन तथा दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता

इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी...