Saturday, September 14, 2024

टान निर्वाचनः सापकोटाको पराजयले एमालेमा तरङ्ग, ‘धोकेबाज’को नाम सार्वजनिक गर्ने चेतावनी

पदयात्रा व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सज् एसोसिएसन अफ नेपाल (टान) को सोमबार सम्पन्न निर्वाचनको मतपरिणाम मंगलबार बिहान सार्वजनिक हुँदा सागर पाण्डे विजयी भए । उनले ५८० मत ल्याउँदा प्रतिस्पर्धी राजेन्द्र सापकोटा ४८० मतमा सिमित रहे । सापकोटा समूहबाट सबैजसो उम्मेदवार पराजित भए ।

यसअघि टानको निर्वाचन नजिकिँदै जाँदा मुलुकको राजनीतिक ध्रुबीकरण पनि फेरियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन टुटेर एमाले–कांग्रेसबीच गठबन्धन बन्यो । यसलगत्तै टानमा एमाले निकट उम्मेदवार विजयी हुने करिब करिब सबैको आँकलन थियो । सापकोटा नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको तर्फबाट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको प्रतिनिधित्व गर्दै टानको अध्यक्षमा उम्मेदवार बनेका थिए । उनलाई नेपाली कांग्रेस निकट व्यवसायीहरुको पनि समर्थन थियो । टानमा नेकपा एमाले निकट व्यवसायीहरुको उपस्थिति बलियो भएको र कांग्रेस निकट व्यवसायीहरुको समेत समर्थन पाएपछि उनले सहजै चुनाव जित्ने अनुमान गरिएको थियो ।

त्यसो त, कांग्रेसको रुष्ट एउटा समूहले माओवादी केन्द्र निकट पर्यटन व्यवसायीको तर्फबाट टानको अध्यक्षमा उम्मेदवार बनेका सागर पाण्डेलाई समर्थन गरेको थियो । अन्ततः उनै पाण्डेले बाजी मारेका छन् ।

अहिले टानको निर्वाचनमा एमाले निकट उम्मेदवार पराजय हुनुका पछाडीको कारणबारे विमर्श भइरहेको छ । खासगरि, सापकोटालाई समर्थन गरेका कांग्रेस समर्थित व्यवसायीहरुबाट नभई एमाले निकट व्यवसायीहरुले नै सापकोटालाई मतदान नगरेको विषयले चर्चा पाइरहेको छ । यतिसम्म की, पार्टीको माथिल्लो तहबाटै छानबिन हुनुपर्ने आवाज उठेको छ ।

टानका पूर्व महासचिवसमेत रहेका पर्यटन व्यवसायी आङपेम्बा शेर्पाले राष्ट्रिय पर्यटन व्यवसायी संगठनको तर्फबाट टानको अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटाको पराजयप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै यसमा पार्टीको माथिल्लो तहबाटै छानबिन हुनुपर्ने आवाज उठाएका छन् । उनले एमाले निकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा रहेका केही व्यक्तिहरुले टान र पर्वतारोहण संघमा आफ्नै संगठनको तर्फबाट उम्मेदवार बनेका व्यक्तिलाई हराउने गरेको आशय व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘यसमा पार्टीको माथिल्लो तहले कसले कहाँ के गर्यो, कसले धोका दियो भन्ने तर्फ छानबिन गर्न जरुरी देखियो । विगत केही वर्षदेखी नै नेकपा एमाले निकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा रहेका केही व्यक्तिहरुको स्वार्थको कारणले नेपालको ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण संघ लगायतका संस्थाहरुमा जाने टिमलाई धोकाधडी गरि हराउने कार्य भैरहेको छ । यसलाई छानविबन गरि कारबाही नगर्ने हो भने भोलीका दिनमा राष्ट्रिय पर्यटन व्यवसायी संगठनबाट ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण संघ लगायतका संस्थाहरुमा संगठनका तर्फबाट उम्मेदवारी दिने व्यक्तिको पनि खडेरी लाग्न सक्छ र पार्टीले ठूलो मुल्य चुकाउन सक्ने अवस्था पनि आउन सक्छ । यस प्रति पार्टीको समयमै ध्यान जाओस् ।’

त्यसैगरि, टानका पूर्व अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी सीताराम सापकोटाले पनि टान निर्वाचनमा राजेन्द्र सापकोटाको पराजयलाई लक्षित गर्दै धोका दिनेहरुले नैतिकताका आधारमा राष्ट्रिय पर्यटन व्यवसायी संगठन छोड्नुपर्ने माग गरेका छन् । अन्यथा, धोका दिनेहरुको नाम नै सार्वजनिक गर्ने चेतावनी पनि उनले दिएका छन् ।

‘नैतिकताको आधारमा राजीनामाको घोषणा गर्छौ कि नाम घोषण गरुम् ?’ सापकोटाले लेखेका छन् ।

spot_img

- Advertisement -

spot_img
spot_img

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति, आगामी वर्षको लागि निवेदन आह्वान

नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

दीपल एक्सचेन्ज कानिर्भलः जुनसुकै ब्राण्डका पुराना गाडी ‘दीपल ईभी’सँग साट्न सकिने

नेपालका लागि चाङ्गन तथा दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता

इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी...