नेपालमा आउने पर्यटकको संख्या बढ्दो क्रममा रहेको देखिएको छ । अगष्ट महिनामा नेपाल आएका पर्यटकको संख्याले नेपाल घुम्न आउने पर्यटकको संख्या बढिरहेको देखाएको हो ।
सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को अगष्टमा ६७ हजार १५३ पर्यटक नेपाल आएका थिए । गत वर्षको अगष्ट महिनाको तुलनामा यस वर्षको अगष्टमा नेपाल आएका पर्यटकको संख्या ८.३ प्रतिशतले बढी हो ।
यसपाली अगष्टमा नेपाल आएका पर्यटकमा भारतीय पर्यटक बढी छन् । भारतबाट एक महिनामा २५ हजार ८३२ पर्यटक नेपाल आएका छन् । चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट ४ हजार ८५१ पर्यटक नेपाल आएका छन् ।
कुन देशबाट कति आए ?














