Sunday, April 19, 2026
spot_img
spot_img

नेपालका पर्यटन व्यवसायीसँग अमेन भुटान टुर्स एण्ड ट्रेक्सको काठमाडौँमा जमघट

spot_img
spot_img

नेपाल र भुटानबीच समेत पर्यटन प्रवर्द्धनका लागि अमेन भुटान टुर्स एण्ड ट्रेक्स प्रालिले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ । भुटानी पर्यटकीय क्षेत्र तथा त्यहाँको पद्धतिबारे जानकारी दिन व्यवसायीहरुबीच प्रवर्द्धन कार्यक्रम आयोजना भएको हो ।

भुटानको पर्यटन व्यवसायको बारेमा जानकारी दिने र नेपाल तथा भुटानका व्यवसायीबीच सहकार्य गर्ने उद्देश्यले काठमाडौंमा आयोजित प्रवर्द्धन साँझ सफल भएको अमेन भुटानका प्रबन्ध निर्देशक रन्जित तामाङले बताए ।

काठमाडौंको दुसुति प्रिन्सेस होटलमा आयोजित प्रवर्द्धन कार्यक्रममा नेपालका ५ सय भन्दा बढी पर्यटन व्यवसायी तथा सो क्षेत्रमा आबद्ध व्यक्तिहरू सहभागी थिए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि सहभागी थिए ।

नेपालका पर्यटन व्यवसायीसँग सम्पर्क समन्वय बढाउन तथा भुटानको पर्यटन क्षेत्रका बारेमा एकै थलोमा बसेर जानकारी आदान प्रदान गर्न सो कार्यक्रम आयोजना गरिएको तामाङले बताए ।

अमेन भुटान ट्राभल एण्ड ट्रेक्स प्रालि भुटानकै सबैभन्दा ठूलो निजी क्षेत्रको पर्यटन प्रवर्द्धन कम्पनी हो । तेस्रो देशका पर्यटकहरू नेपाल हुँदै भुटान जाने र नेपाल तथा भुटानबीच सिधा हवाई सेवाको सहज उपलब्धताका कारण पनि नेपाली व्यवसायीसँग भुटानको पर्यटन प्रवर्द्धनबारे अन्तरक्रिया गरिएको नेपाल पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका पर्यटन व्यवसायी ङावा ङिमा शेर्पाले बताए ।

सो अवसरमा भुटानको कला संस्कृति,त्यहाँको धार्मिक पर्यटन तथा भुटानी पर्यटन योजनाका बारेमा समेत जानकारी दिइएको थियो । भुटानका प्रमुख पर्यटकीय गन्तव्यहरूको जानकारी दिने र नेपालबाट भुटानमा गरिने पर्यटन प्रवर्द्धनका उपायका बारेमा समेत सो अवसरमा छलफल भएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

एभरेष्ट कलरले बैशाख १६ देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने...

याम्बालिङ्ग हाइड्रोपावरले आयोजना प्रभावितलाई निष्काशन गरेको सेयर बाँडफाँड

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ...

बिपी राजमार्ग अवरुद्द

बिपी राजमार्गअन्तर्गत काभ्रेको कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड अवरुद्ध भएको...

कामना सेवा विकास बैंकको नाफा र प्रतिशेयर आम्दानीमा वृद्धि

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

निफ्राको नाफा घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...
spot_img