Sunday, April 19, 2026
spot_img
spot_img

देशबन्धु बस्नेतको ‘होटल मक्र्योर’ सञ्चालनमा, फ्रान्सेली ब्राण्ड एकोरले व्यवस्थापन सम्हाल्यो

spot_img
spot_img

काठमाडौँको सुकेधारामा फ्रान्सेली ब्राण्डको पाँचतारे ‘होटल मक्र्योर’ सञ्चालनमा आएको छ । एबी होल्डिङले निर्माण गरेको यो होटलको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्घाटन गर्दैछन् ।

होटलका सञ्चालक देशबन्धु बस्नेतका अनुसार ११ तले भवनको सो होटलमा १०४ कोठा छन् । होटलमा करिब ३ खर्ब रुपैयाँ लगानी भएको छ ।

यो होटलको व्यवस्थापन सम्हाल्न एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वक ११० वटा देशमा ५ हजार ४ सय भन्दा बढी होटल सञ्चालन गरिरहेको एकोर ग्रुप पहिलो पटक नेपाल भित्रिएको हो । नेपालमा प्रवेश भएसँगै एकोर ग्रुप विश्वका १११ देशमा पुगेको छ । बस्नेतले द मेट्रोपोलिटन होटल प्रालिको व्यवस्थापन सम्हाल्न एकोर ग्रुपको मक्र्योर ब्राण्डलाई नेपाल भित्र्याएका हुन् ।

होटलको माथिल्लो तलामा स्वीमिङ पुल छ । नेपाली, इण्डियन, चाइनिज रेस्टुरेन्ट, तीन सय क्षमताको ब्याक्वेट हल, आधुनिक जिम, स्टीम र साउना, वेलनेस सेन्टरसहितका सेवा सुविधा उपलब्ध रहेको होटलमा हाल २२० जनाले रोजगारी पाएका छन् ।

होटलले पर्यटन विभागबाट पाँच तारे स्तरको प्रमाणपत्र प्राप्त गरिसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तामाकोशीमा जेटबोट र र्‍याफ्टिङ

रामेछापको मन्थलीस्थित तामाकोशी नदीमा जेटबोट र र्‍याफ्टिङ सेवा सञ्चालनमा...

२० करोड माथिको कारोबार गर्ने व्यवसायीले अनिवार्य विद्युतीय बिल जारी गर्नुपर्ने

आन्तरिक राजश्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

एभरेष्ट कलरले बैशाख १६ देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने...

याम्बालिङ्ग हाइड्रोपावरले आयोजना प्रभावितलाई निष्काशन गरेको सेयर बाँडफाँड

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ...

बिपी राजमार्ग अवरुद्द

बिपी राजमार्गअन्तर्गत काभ्रेको कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड अवरुद्ध भएको...
spot_img