नेपालमा २ लाख ४२ हजार वटा होटल तथा रेष्टुरेन्ट रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय होटेल तथा रेष्टुरेन्टको सर्वेक्षण २०८० ले मुलुकभर १ लाख ४२ हजार २२३ वटा होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेको देखाएको हो ।
यी होटल तथा रेष्टुरेन्टले वार्षिक ३ खर्ब २६ अर्ब रुपैयाँ आम्दानी गर्ने सर्वेक्षणको तथ्याङ्क छ । सर्वेक्षणको तथ्याङ्क अनुसार यी होटल तथा रेष्टुरेन्टले वार्षिक तबल भत्ताबापत २० अर्ब ६१ करोड ५० लाख रुपैयाँ खर्च गर्ने गरेका छन् ।
यी होटल तथा रेष्टुरेन्टहरुमा १ लाख ६ हजार ४५९ जनाले रोजगारी पाएका छन् । तर, कुल संलग्न व्यक्तिको संख्या (स्वरोजगार, साझेदार) भने ३ लाख ८७ हजार ७४७ रहेको तथ्याङ्क छ ।













