Tuesday, March 18, 2025
spot_img
spot_img

घरजग्गा कारोबार बढ्यो, राजस्व संकलनमा ३२ प्रतिशतको वृद्धि

चालु आर्थिक वर्षको पहिलो महिनामा घरजग्गा कारोबार गत वर्षको तुलनामा बढेको छ । साउनमा घरजग्गा कारोबार र कारोबारबापत सरकारले पाउने राजस्व दूबैमा सुधार आएको देखिएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनमा कुल ४३ हजार ८३५ लिखत पारित भएको छ । गत आव २०८०/८१ साउनमा ३९ हजार २६३ लिखत पारित भएको थियो । यसपालीको साउनमा भएको लिखत पारित गत वर्षको साउनमा भएको लिखत पारितको तुलनामा ११.६४ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको अन्तिम महिना असार (२०८१ असार)को तुलनामा भने साउनमा घरजग्गा कारोबार केही घटेको देखिन्छ । असारमा ४४ हजार ५६९ लिखत पारित भएको थियो ।

गत वर्षको साउनको तुलनामा यसपालीको साउनमा घरजग्गा कारोबारसँगै राजस्व पनि बढेको छ । साउनमा ३ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सउनको तुलनामा यसपाली साउनमा उठेको राजस्व ३१.७७ प्रतिशतले बढी हो । साउन २०८० मा घरजग्गा कारोबारबाट २ अर्ब ९१ करोड ४ लाख बराबर राजस्व प्राप्त भएको थियो ।

साउनमा प्राप्त भएको ३ अर्ब ८३ करोड ५१ लाख राजस्वमध्ये २ अर्ब ५५ करोड १९ लाख ५१ हजार रजिस्ट्रेसन दस्तुर छ । १ अर्ब ३४ करोड ६९ लाख ४९ हजार रुपैयाँ पूँजीगत लाभकर छ । २६ करोड ६८ लाख ६९ हजार सेवाकर प्राप्त हुँदा ३६ करोड ७८ लाख २८ हजार राजस्व छुट दिइएको विभागको तथ्यांक छ ।

साउनमा सबैभन्दा धेरै लिखत पारित इनरुवा मालपोत सुनसरीबाट भएको छ । उक्त कार्यालयबाट १ हजार ९ सय ४ लिखत पारित भएको छ ।

भूमि सुधार तथा मालपोत कार्यालय राजविराज सप्तरीबाट १ हजार ६ सय ८, बेलबारी मालपोत कार्यालय मोरङबाट १ हजार ५ सय २०, भद्रपुर मालपोत झापाबाट १ हजार ४ सय ६५ र जनकपुरधाम मालपोत कार्यालय धनुषाबाट १ हजार २ सय १५ लिखत पारित भएका छन् ।

मलंगवा मालपोत सर्लाहीबाट १ हजार १९ लिखत पारित हुँदा धनगढी मालपोत कैलालीबाट ९ सय ७० र सिरहा मालपोतबाट ९ सय ६२ लिखत पारित भएको छ ।

राजस्व संकलनमा भने काठमाडौँ उपत्यकाका मालपोत अगाडि छन् । लगनखेल मालपोत ललितपुरबाट साउनमा ३४ करोड २७ लाख ४२ हजार राजस्व संकलन भएको छ ।

डिल्लीबजार मालपोतबाट २९ करोड ३९ लाख ६७ हजार राजस्व संकलन हुँदा भक्तपुर मालपोतबाट २३ करोड ३७ लाख २२ हजार, चाबहिल मालपोत काठमाडौंबाट २२ करोड ४२ लाख ७७ हजार र कलंकी मालपोत काठमाडौंबाट २२ करोड २७ लाख ८ हजार राजस्व संकलन भएको छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

Tech Peak Nepal: Orlando 2025 – Nepal’s First-Ever ITES Roadshow in the US

Prajwal Nepali Nepal is making history in the global technology...

अथरको टेस्ट ड्राईभ शोरुम बौद्धमा

विद्युतीय दुइ पाङ्ग्रे (स्कुटर) अथरको टेस्ट ड्राइभ शोरुम काठमाडौँका...

उद्योगमन्त्रीको प्रश्न, ‘उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रीले उद्योगी...

कहाँ जाँदै थिए २५ करोड बराबरका डलर र युरो बोकेर ट्रक चलाइरहेका कुसाङ ?

काठमाडौँको झोरबाट सोमबार राती स्रोत नखुलेको अमेरिकी डलर, युरो...

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

छिट्टै नेप्सेमा सूचीकृत हुँदै यी १४ कम्पनीको बोनस शेयर, धितोपत्र बोर्डमा दर्ता सम्पन्न

नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीको बोनस शेयर दर्ता...
spot_img