Sunday, August 16, 2026
spot_img

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेण्डा बन्नुपर्ने बताएका छन् । स्याङ्जामा आयोजित वालिङ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासको एजेण्डालाई प्राथमिकता दिन र सबैको साझा एजेण्डा बनाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘राष्ट्रिय अर्थतन्त्रको विकास अहिलेको पहिलो आवश्यकता हो । देशमा यतिखेर संसदको निर्वाचनको तयारी भइरहेको छ । सबै दलको साझा एजेण्डा आर्थिक विकास बनोस् । म सबै दललाई यही आग्रह गर्न चाहन्छु ।’

साथै अध्यक्ष ढकालले यतिखेर राजनीतिक दलहरुले आ–आफ्ना चुनावी घोषणापत्र लेख्ने तयारी गरिरहेकाले ती घोषणापत्रमा मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सार्दै आएका एजेण्डाहरुलाई समावेश गर्न पनि आग्रह गरेका छन् ।

उनले औद्योगिक विकासका माध्यमबाट मुलुकमा आर्थिक विकास गर्न र देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्न निजी क्षेत्रले विगत लामो समयदेखि प्रयास गरिरहेको र यस्तै एजेण्डाहरु राज्यसामु राख्दै आएकाले आगामी निर्वाचनमा पनि ती एजेण्डाले प्राथमिकता पाउनुपर्ने समेत बताए ।

अध्यक्ष ढकालले जुनसुकै सरकार आएपनि अर्थतन्त्र सबैको साझा एजेण्डा बन्नुपर्ने अडान विगतदेखि नै निजी क्षेत्रले राख्दै आएको, यसका लागि सबै दलहरुलाई एकै मञ्चमा राखेर यस विषयमा महासंघले नै बहस चलाउँदै आएको र आर्थिक विकासका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनको माग गरेको प्रसंग उल्लेख गर्दै अहिले सो आयोगका सुझावहरु पनि कतिपय कार्यान्वयनमा आएका स्मरण गरे ।

उनले देशमा आर्थिक लगानीको वातावरणका लागि अवरोध बनेका कतिपय परम्परागत कानुनहरुको संशोधनदेखि महासंघको विधानलाई समय सापेक्ष बनाउने सम्मका काम आफू महासंघको नेतृत्वमा अएपछि सम्पन्न भएको पनि स्मरण गरे ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनएमबि क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा

एनएमबि क्यापिटलले संचालन गरेको ३ वटा म्युचुअल फण्डको लाभांश...

नाफामा गयो स्वस्तिक लघुवित्त, ईपीएस २८.४३ रुपैयाँ

स्वस्तिक लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

‘अहिलेको कानून संशोधन नगरी निजी क्षेत्रलाई विद्युत ब्यापारको लाइसेन्स दिन सम्भव’

ऊर्जा क्षेत्रका सरोकारवालाहरुले देशमा उत्पादित बिजुलीको आन्तरिक तथा अन्तराष्ट्रिय...

३२ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा: एउटा घाटामा, ४ वटाले लाभांश दिन नसक्ने

संचालनमा रहेका २० वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३...

निर्वाचन क्षेत्र पुगे अर्थमन्त्री वाग्ले, स्थानीयले सोधे ‘गोरखकाली उद्योग कहिले चल्छ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आफ्नो निर्वाचन क्षेत्र तनहुँ १...

ब्याट्री रिसाइकलको काम गाडी आयातकर्ताले मात्र गर्न सक्दैनन्, छुट्टै कम्पनी चाहिन्छ : गोल्छा

अटोमोबाइल व्यवसायी एवं नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री...
spot_img