Monday, August 17, 2026
spot_img

समानुपातिक सूची मेरो अधिकार होइन, भोलिको पुस्ताको लागि जिम्मेवारी हो : विदुषी राणा

spot_img
 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेकी विदुषी राणाले समानुपातिक सूची आफ्नो अधिकार नभई  जिम्मेवारी रहेको प्रष्ट पारेकी छिन् । गहिरो संवाद र बारम्बारको विचारविमर्शपछि आफुले यो जिम्मेवारी स्वीकार गरेको उनले बताएकी छिन्।
राणाका अनुसार काठमाडौँ महानगरका नगर प्रमुख बालेन्द्र शाहले आफुलाई समानुपातिक सूचीमार्फत उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज संसदमा अघि बढाउन आग्रह गरेका थिए। यो आग्रह कुनै राजनीतिक करियरका लागि नभई; नेपाली उद्योग बाँचोस्, रोजगारी सिर्जना होस्, महिला आर्थिक रूपमा सक्षम बनून् र नेपाल उत्पादनशील बनोस् भन्ने साझा चिन्ताबाट आएको राणाले प्रष्ट पारेकी छिन्।
राणाले भनेकी छिन् ‘ मैले यो जिम्मेवारी कुनै व्यक्तिगत राजनीतिक लाभका लागि होइन, स्वदेशी उत्पादन, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, सीप विकास, अर्थपूर्ण रोजगारी र महिलाको आर्थिक सशक्तिकरणको आवाज संसदमा उठाउन स्वीकार गरेकी हुँ।’
आफ्नो चासो पद वा अधिकारमा नभई मुद्दा र यसको निरन्तरतामा आफ्नो चासो रहेको उनले प्रष्ट पारेकी छिन्। उनले भनेकी छिन् ‘नेपालको भविष्य उत्पादनशील उद्योग, अर्थपूर्ण रोजगारी र महिलाको आर्थिक सशक्तिकरणमा निर्भर छ। यही विश्वासका साथ म यस भूमिकामा इमानदार, जिम्मेवार र रचनात्मक योगदान दिन प्रतिबद्ध छु।’
यस्तो छ राणाको भनाई जस्ताको तस्तै : 
मेरो नाम समानुपातिक सूचीमा परेपछि, म यहाँ किन र कुन उद्देश्यका साथ आएको हुँ भन्ने कुरा स्पष्ट गर्नु मेरो दायित्व ठानेकी छु। म समानुपातिक प्रतिनिधित्वलाई अधिकारभन्दा पनि जिम्मेवारीका रूपमा बुझ्छु। “समानुपातिक सूची मेरो अधिकार होइन, जिम्मेवारी हो भोलिको पुस्ताको आवाज लिएर यहाँ छु।”
म कहिल्यै व्यक्तिगत राजनीतिक महत्वाकांक्षा बोकेर अघि बढेकी व्यक्ति होइन; मेरो परिचय राजनीति होइन, उद्योग, उत्पादन र श्रमसँग जोडिएको छ।५५ वर्षभन्दा बढी इतिहास बोकेको गोल्डस्टार जुत्ता उद्योगसँग म एक दशकभन्दा लामो समयदेखि आबद्ध छु। यस उद्योगमार्फत आज ३,०००–४,००० महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् र त्यसको तीन–चार गुणा बढी परिवार अप्रत्यक्ष रूपमा आय र जीवनसँग जोडिएका छन्। यस यात्राले मलाई गहिरो रूपमा बुझाएको छ कि उद्योग केवल व्यापार मात्र होइन, यो देशको भविष्य निर्माण गर्ने आधार हो। स्वदेशी उत्पादन, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, सीप विकास र महिलाको आर्थिक सशक्तिकरण कुनै नारा होइनन्; यी हामीले दैनिक रूपमा भोगिरहेका यथार्थ हुन्।तर दुःखका साथ भन्नुपर्छ, आज उत्पादन क्षेत्र GDP को पाँच प्रतिशतभन्दा कममा सीमित छ र हाम्रो अर्थतन्त्र रेमिट्यान्स तथा आयातमा अत्यधिक निर्भर बन्दै गएको छ। यसको प्रत्यक्ष असर युवाको रोजगारी, महिलाको आत्मनिर्भरता र राष्ट्रको दीर्घकालीन भविष्यमा परिरहेको छ।
यही कारणले विगत धेरै वर्षदेखि मैले उद्योग र उत्पादन क्षेत्रले भोग्दै आएका नीतिगत ढिलाइ, कर प्रणाली, व्यापार नीति, ढुवानी, निर्यात, वित्तीय पहुँच र श्रमसम्बन्धी चुनौतीहरू निरन्तर रूपमा उठाउँदै आएको छु, किनभने manufacturing नै समग्र उद्योगको मेरुदण्ड हो।
यही सन्दर्भमा नगर प्रमुख बालेन्द्र शाहज्यूले मलाई समानुपातिक सूचीमार्फत उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज संसदमा अघि बढाउन आग्रह गर्नुभयो। यो आग्रह कुनै राजनीतिक करियरका लागि होइन; नेपाली उद्योग बाँचोस्, रोजगारी सिर्जना होस्, महिला आर्थिक रूपमा सक्षम बनून् र नेपाल उत्पादनशील बनोस् भन्ने साझा चिन्ताबाट आएको थियो। गहिरो संवाद र बारम्बारको विचारविमर्शपछि मैले यो जिम्मेवारी स्वीकार गरेकी हुँ।
मेरो नाम खस–आर्य समूहअन्तर्गत समानुपातिक सूचीमा समावेश गरिएको छ, जुन प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०८२, परिच्छेद–४, दफा १३(३)क(३)बमोजिम हो। मैले यो जिम्मेवारी कुनै व्यक्तिगत राजनीतिक लाभका लागि होइन, स्वदेशी उत्पादन, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, सीप विकास, अर्थपूर्ण रोजगारी र महिलाको आर्थिक सशक्तिकरणको आवाज संसदमा उठाउन स्वीकार गरेकी हुँ।
संविधान २०७२ ले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्वको मर्मअनुसार, उद्योग र उत्पादन क्षेत्रमा पुरुष र महिला दुवैको समान सहभागिता अपरिहार्य छ भन्ने मेरो दृढ विश्वास छ।यदि भविष्यमा यी एजेन्डालाई सक्षम र योग्य अझ प्रभावकारी रूपमा अघि बढाउन सक्नुहुन्छ भने, म पूर्ण सम्मानका साथ जिम्मेवारी हस्तान्तरण गर्न तयार छु। मेरो चासो पद वा अधिकारमा होइन; मेरो चासो मुद्दा र यसको निरन्तरतामा छ। नेपालको भविष्य उत्पादनशील उद्योग, अर्थपूर्ण रोजगारी र महिलाको आर्थिक सशक्तिकरणमा निर्भर छ। यही विश्वासका साथ म यस भूमिकामा इमानदार, जिम्मेवार र रचनात्मक योगदान दिन प्रतिबद्ध छु।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सोमबारदेखि म्यानपावर व्यवसायीले श्रमिकलाई विदेश नपठाउने

म्यानपावर व्यवसायीले सोमबार (भदौ १ गते)देखि श्रमिकलाई वैदेशिक रोजगारीमा...

सोमबारदेखि भाटभटेनी २४सैँ घण्टा खुला

भाटभटेनी सुपरस्टोर अब २४सैँ घण्टा खुल्ने भएको छ ।...

निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयकको माग

निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ...

औद्योगिक सुरक्षाका लागि छुट्टै ‘फोर्स’, उद्योग रहेका स्थान ‘शान्ति क्षेत्र’

सरकारले नेपाल उद्योग वाणिज्य महासंघको सुझाव अनुसार ‘निजी लगानी...

ग्यास बिक्रेता महासंघले भन्यो, ‘स्टन्टबाजी छोडेर डिलरमार्फत ग्यास बाँड्नु बुद्धिमानी हुन्छ’

ग्यास विक्रेता महासंघ नेपालले अहिले सरकारले गरिरहेको ग्यासको प्रत्यक्ष...

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्‍याडिसन होटलमा ग्यासको मौज्दात...
spot_img