Wednesday, May 6, 2026
spot_img
spot_img

चुनावको मुखैमा महासंघका १८ वटा वस्तुगत सदस्यको सदस्यता खारेज

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका १८ वटा वस्तुगत सदस्यको सदस्यता खारेज भएको छ । उच्च अदालत पाटनले मापदण्ड विपरित हुने गरी सदस्यता प्रदान गरिएको भन्दै दायर भएको रिटमा अन्तिम फैसला गर्दै विभिन्न १८ वटा वस्तुगत सदस्यहरुको सदस्यता खारेज गरिदिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश द्वय चन्द्रबहादुर सारु र गोपाल प्रसाद बाँस्तोलाको संयुक्त इजलासले पौष १६ गते १८ वटा वस्तुगत संघहरुको सदस्यता खारेज गरिदिएको हो । यसमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ, ऊर्जा उत्पादक संगठन नेपाल, नेपाल वितरक संघ लगायतका सदस्यहरु रहेका छन् ।

महासंघले सदस्यता समितिको सिफारिस र विधान विपरित १८ वटा संघहरुलाई सदस्यता प्रदान गरेको भन्दै नेपाल पोल एसोसियशनका अध्यक्ष किशोर प्रधानले उच्च अदालत पाटमा रिट दायर गरेका थिए । २०८१ साल फागुन २३ गते महासंघको सदस्यता समितिको बैठक बसेर वस्तुगत सदस्यता प्राप्तीका लागि १९ वटा निवेदन आएको र त्यसमध्ये ‘फोरम हेल्थ एण्ड टेक्निकल साइन्स’ मात्रै योग्य रहेको भन्दै उसलाई सदस्यता दिनका लागि महासंघको कार्यकारिणी समितिमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

तर, फागुन २३ को सदस्यता समितिको सिफारिस विपरित फागुन २६ गते कार्यकारिणी समितिले निवेदन दिएका सबैलाई वस्तुगत सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो । त्यसपछि महासंघ, महासंघका अध्यक्ष चन्द्र ढकाल, कार्यकारिणी समिति र सदस्यता समिति समेतलाई विपक्षी बनाएर प्रधानले उच्च अदालत पाटमा रिट दायर गरेका थिए । २०८१ साल चैत ११ गते दायर रिटमा अदालतले चैत १२ गते नै कारण देखाउ आदेश जारी गर्दै दूबै पक्षलाई छलफलमा बोलाएको थियो ।

यसपछि विभिन्न मितिमा १६ पटक पेशी तोकियो । पौष १६ गते तोकिएको १७औँ पटकको पेशीमा भने अदालतले अन्तिम फैसला गर्दै निवेदकको माग बमोजिम अदालतले १८ वटा संघहरुको वस्तुगत सदस्यता खारेज गरिदिएको हो । यस फैसलाको पूर्णपाठ भने आउन बाँकी छ ।

‘सदस्यता समितिको सिफारिस र विधान विपरित सदस्यता प्रदान गरिएपछि बाध्य भएर अदालत गएका थियौँ, अदालतले फैसला दियो’ रिट निवेदक प्रधानले बिजनेश पानासँग भने, ‘विधान मिचेर सदस्यता दिने काम भएपछि हामी अदालत जान बाध्य भएका हौँ ।’

यी हुन् खारेजीमा परेका वस्तुगत सदस्यहरु:

१) एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्यिट्सन अफ नेपाल, सातदोबाटो ललितपुर
२) नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नयाँ बानेश्वर काठमाडौं
३) नेपाल यर्सागुम्बा संघ, सुकेधारा काठमाडौं
४) एएसी ब्रिक उत्पादक संघ, टेकु काठमाडौं
५) नेपाल कागज उत्पादक संघ, काठमाडौं वडा नं. १४
६) उर्जा उत्पादक संगठन, नेपाल काठमाडौं वडा नं. २९
७) नेपाल किवी उत्पादक तथा व्यवसायी संघ, विर्तामोड झापा
८) नेपाल वेसार संघ, गोकर्णेश्वर काठमाडौं
९) नेपाल कोदो तथा फापर संघ, काठमाडौं वडा नं. ३२
१०) नेपाल छुर्पी व्यवसायी संघ धुलाबारी मेची
११) नेपाल ओखर उत्पादक तथा व्यवसायी संघ बिर्तामोड झापा
१२) नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघ, हात्तिसार काठमाडौं
१३) नेपाल पुस्तक तथा तथा स्टेसनरी व्यवसायी महासंघ, सातदोबाटो ललितपुर
१४) नेपाल सुन्तला एंव कागती संघ, बुढानिलकन्ठ काठमाडौं
१५) प्लाष्ट नेपाल फाउण्डेशन टेकु काठमाडौं
१६) नेपाल सिङगिंङ बाउल संघ, ठमेल काठमाडौं
१७) नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघ, ललितपुर
१८) नेपाल वितरक महासंघ, कोटेश्वर काठमाडौं

महासंघको साधारणसभा तथा चुनाव चैत २८-२९ मा हुँदैछ । अहिले महासंघभित्र चुनावी माहोल सुरु भइसकेको छ । विभिन्न पदका आकांक्षीहरु चुनावी तयारीमा जुटिरहेका बेला अदालतबाट आएको यो आदेशले तरङ्ग पैदा गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटी होटेलले भन्यो ‘सेबोनको स्वीकृतिमै नियमानुसार हकप्रद शेयर बिक्री गरिएको हो’

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक...

हितेन्द्र पदमुक्त भएपछि दीर्घायु बने विद्युत प्राधिकरणको निमित्त प्रमुख

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिर्घायु कुमार...

कानून विपरित पूर्व भीआईपीहरुले लिएका गाडी खोस्ने सरकारको तयारी

सरकारले कानून विपरित पूर्व भीआईपीहरुले लिएको गाडी सुविधा खोस्ने...

पार्टी खोलेको दुई वर्ष मै तमिलनाडुको मुख्य मन्त्री बन्दै विजय थालापती

भारतको तामिलनाडु विधानसभा निर्वाचन २०२६ मा अभिनेताबाट राजनीतिज्ञ बनेका...

प्रधानन्यायाधीश सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

संवैधानिक परिषदका अध्यक्ष रहेका प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को...

बहालवाला उपाध्यक्षलाई भारी मतान्तरले हराउँदै एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग...
spot_img