Monday, August 17, 2026
spot_img

प्रिक्साले किन्यो दैलो कृषि, विश्वासिलो खाद्य प्रणाली बनाउने लक्ष्य

spot_img

नेपालमा कृषि र खाद्य प्रणालीलाई अझै विश्वासिलो र सुरक्षित बनाउने उद्देश्यले प्रविधि कम्पनी प्रिक्साले दैलो कृषिलाई अधिग्रहण गरेको छ । यो कदमसँगै अब किसानबाट उत्पादन भएको तरकारी, फलफूल र खाद्यान्न कहाँ उत्पादन भयो, कसरी आयो भन्ने कुरा उपभोक्ताले सजिलै थाहा पाउन सक्ने प्रणाली विकास गरिने प्रिक्साले जनाएको छ।

प्रिक्साका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनीष शर्मा का अनुसार नेपालमा खाद्य क्षेत्रमा विश्वासको ठूलो अभाव छ । “हामी जे खान्छौँ, त्यसमा भरोसा हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो,” उनले भने । नेपाललाई केवल बजार नभई नयाँ प्रणाली विकास गर्ने प्रयोगशालाका रूपमा हेरेर काम गरिरहेको पनि उनको भनाइ छ ।

दैलो कृषि किसान र सहकारीसँग मिलेर सिधै उपभोक्ताको घरसम्म ताजा र प्रमाणित कृषि उपज पु¥याउँदै आएको प्लेटफर्म हो। यसको संस्थापक धीरज चापागाईं को नेतृत्वमा दैलो कृषिले उत्पादनको स्रोत खुल्ने (ट्रेसिबल) प्रणालीमा काम गर्दै आएको छ ।

प्रिक्साले दैलो कृषि किनेपछि तुरुन्तै नाम परिवर्तन गर्ने वा आक्रामक विस्तार गर्नेभन्दा पनि दीर्घकालीन रूपमा कृषि क्षेत्रमा विश्वासिलो, पारदर्शी र दिगो पूर्वाधार निर्माणमा ध्यान दिने जनाएको छ । यस अधिग्रहणलाई नेपालमा खाद्य सुरक्षा, किसानको सशक्तीकरण र उपभोक्ताको आत्मविश्वास बढाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सोमबारदेखि म्यानपावर व्यवसायीले श्रमिकलाई विदेश नपठाउने

म्यानपावर व्यवसायीले सोमबार (भदौ १ गते)देखि श्रमिकलाई वैदेशिक रोजगारीमा...

सोमबारदेखि भाटभटेनी २४सैँ घण्टा खुला

भाटभटेनी सुपरस्टोर अब २४सैँ घण्टा खुल्ने भएको छ ।...

निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयकको माग

निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ...

औद्योगिक सुरक्षाका लागि छुट्टै ‘फोर्स’, उद्योग रहेका स्थान ‘शान्ति क्षेत्र’

सरकारले नेपाल उद्योग वाणिज्य महासंघको सुझाव अनुसार ‘निजी लगानी...

ग्यास बिक्रेता महासंघले भन्यो, ‘स्टन्टबाजी छोडेर डिलरमार्फत ग्यास बाँड्नु बुद्धिमानी हुन्छ’

ग्यास विक्रेता महासंघ नेपालले अहिले सरकारले गरिरहेको ग्यासको प्रत्यक्ष...

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्‍याडिसन होटलमा ग्यासको मौज्दात...
spot_img