Monday, August 17, 2026
spot_img

विशालनगरमा दुई वटा टावर रहने गरि १०/१० तले अपार्टमेन्ट बन्ने, केसी र केयल ग्रुपको लगानी

spot_img

काठमाडौँ महानगरपालिका वडा नम्बर ४ विशालनगरमा डि.एल.एफ ग्रिन्स अपार्टमेन्ट बन्ने भएको छ । केसी ग्रुप र केयल ग्रुपको संयुक्त लगानी रहेको डि.एल.एफ नेपाल विल्डर्स प्रालिले अपार्टमेन्ट बनाउन लागेको हो ।

कम्पनीले अपार्टमेन्टको वातावरणीय प्रभाव मुल्यांकन ईआईए प्रतिवेदन स्वीकृतिको लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ। मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै प्रतिवेदन माथि कुनै राय सुझाव भए ७ दिन भित्र प्रदान गर्न आग्रह गरेको छ। इआइए स्वीकृतिको क्रममा ति राय सुझावलाई ध्यानमा राखिने मन्त्रालयले जनाएको छ।

कस्तो हुने छ अपार्टमेन्ट ?

यो आवाशीय अपार्टमेन्ट हो। जसमा दुइ वटा टावर रहने छन् र हरेक टावर १० तलाको हुने छ।  कुल क्षेत्रफल ७-११-० रोपनीमा अपर्त्मेंट निर्माण हुने छ । यसका आर.सी.सी. पूर्वाधारहरूमा २ टावरब्लकहरु, २ बेसमेन्ट, प्रत्येक ब्लक १० तल्ले, उचाइ ३३.४ मिटर र जम्मा अपार्टमेन्ट इकाइहरु ४६ वटा रहनेछन् । स्वीकृत मापदण्ड अनुसार सेटब्याक रहेको यसको एफ. ए. आर (FAR) ३.९० रहनेछ भने कुल विल्ट अप एरिया २२८०३.८८ ब.मी. रहनेछ । साथै लिफ्ट, खुला हरियाली क्षेत्र, पार्किङ, बाटो, गेट पर्खाल र आगलागी नियन्त्रण प्रणाली पनि रहनेछन् ।

अन्य संरचनाहरूमा ९०००० लिटर दैनिक भूमिगत पानीको प्रयोग हुनेगरी बनाइने ट्याङ्कीहरू, थप आकाशे पानी संकलन र प्रशोधन ट्याङ्गीहरू, दुईवटा ३० KLD को Sewage Treatment Plan (PSTP) बाट तरल फोहोर व्यवस्थापन हुने गरी बनाइने भौतिक संरचनाहरू रहने विवरण समेत प्रतिवेदनमा उल्लेख छ । कम्पनीको नाममा रहेको कि.नं. ३३६, २१९, २१७ लगायतका १५ वटा कित्ताको कुल ७-११-० रोपनी क्षेत्रफल जग्गामा अपार्टमेन्ट निर्माण हुने छ ।

आफ्नो परिवार र आवश्यकताको आधारमा फ्ल्याट छनोट गर्न पाउने कम्पनीले जनाएको छ। फ्ल्याटमा ३ वटा कोठा, हल र किचन रहनेछन् भने २५ सय वर्ग फिटदेखि ५८ सय वर्गफिटका फ्ल्याट हुनेछन्। हरेक युनिटमा ग्रिन बाल्कोनीसहित जिम र हेल्थ क्लब, अपार्टमेन्ट परिसरमै जगिङ ट्रयाक, स्विमिङपुल, बच्चाहरु खेल्ने ठाउँ राखिने छ।

अपार्टमेन्टका सबै युनिटमा घरेलु कामदारका लागि छुट्टै व्यवस्थासहितको कोठा निर्माण गरिने, तथा अपार्टमेन्टका कुनै पनि युनिट घाम नछेकिने गरी बनाइने कम्पनीले जनाएको छ।

अपार्टमेन्ट बनाउन लागेको डि.एल.एफ नेपाल विल्डर्स प्रालिमा केसी ग्रुप र केयल ग्रुपको संयुक्त लगानी छ।  कम्पनीका अध्यक्ष सत्य नारायण केयल हुन् । अन्य संचालकमा प्रमोदराज अधिकारी र केशी ग्रुपका अध्यक्ष रहेका रोशन केसी छन् ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आजदेखि म्यानपावर कम्पनी बन्द, माग सम्बोधन नभएसम्म श्रमिकलाई विदेश नपठाउने अडान

आनदेखि देशभरका म्यानपावर कम्पनीहरु बन्द हुने भएका छन् ।...

नाइमा एक्स्पोः १ लाख ८० हजारले गरे अवलोकन, ५५ सय सवारी बुकिङ

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सम्पन्न भएको छ ।...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधारः निवर्तमान अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका...

आजदेखि निगमले ग्यास नबेच्ने, डिलरबाटै लिन उपभोक्तालाई आग्रह

नेपाल आयल निगमले सोमबारदेखि ग्यासको प्रत्यक्ष बिक्री वितरण रोकेको...

सोमबारदेखि म्यानपावर व्यवसायीले श्रमिकलाई विदेश नपठाउने

म्यानपावर व्यवसायीले सोमबार (भदौ १ गते)देखि श्रमिकलाई वैदेशिक रोजगारीमा...

सोमबारदेखि भाटभटेनी २४सैँ घण्टा खुला

भाटभटेनी सुपरस्टोर अब २४सैँ घण्टा खुल्ने भएको छ ।...
spot_img