Tuesday, August 18, 2026
spot_img

निजी क्षेत्रलाई राष्ट्रपतिको ढाडसः हतोत्साहित नहुनु

spot_img

राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई हतोत्साही नहुन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ सहित निजी क्षेत्रका संगठनका प्रतिनिधिसँगको भेटमा उनले राजनीतिक स्थायित्व, सुशासन र शान्ति सुरक्षा कायम गरि लगानीमैत्री वातावरण निर्माण गर्नु आजको आवश्यक्ता भएको बताउँदै निजी क्षेत्रलाई हतोत्साही नहुन आग्रह गरेका हुन् ।

लगानीकर्ताको मनोबल घट्नु अर्थतन्त्रका लागि चिन्ताजनक विषय भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आम नागरिक र निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व भएको बताए ।

“भाद्र २३ र २४ गते जुन घटना भयो । राष्ट्रिय तथा निजी सम्पत्तीमाथि आगजनी र तोडफोड भयो । जनधनको ठूलो क्षति पुग्यो । यो दुःखद छ”, राष्ट्रपति पौडेलले भने, ‘तर म उद्योगी व्यवसायीहरुलाई हतोत्साहित नहुन आग्रह गर्दछु । राज्य तपाईंहरुको साथमा छ ।”

उनले देशको अर्थतन्त्रको प्रमुख आधार निजी क्षेत्र भएको उल्लेख गर्दै औद्योगिक तथा व्यवसायिक विकास विना देशको आर्थिक विकास र समृद्धि सम्भव नहुने बताए । “कठिन परस्थितीमा पनि तपाईंहरुले देखाएको साहस र धैर्य साच्चिकै सह्रानीय छ । शान्ति सुरक्षा कायम राख्दै लगानीको वातावरण बनाउनै पर्दछ । म सरकारलाई त्यो वातावरण निर्माण गर्न आग्रह गर्दछु ” राष्ट्रपति पौडेलले थपे ।

भेटवार्ताका क्रममा निजी क्षेत्रले आन्दोलनका नाममा हुने गलत घुसपैठ नियन्त्रण आवश्यक भएकोमा जोड दिएको छ । उनीहरुले स्थायित्व र लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताए । साथै उनीहरुले आसन्न निर्वाचन समयमा नै सम्पन्न हुनुपर्ने र निर्वाचनको लागि निजी क्षेत्रको साथ सहयोग रहने धारणा राखेका थिए ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भदौ २३ र २४ गतेको आन्दोलनका नाममा भएको गलत घुसपैठले सार्वजनिक–निजी सम्पत्तिमाथि ठूलो क्षति भएको उल्लेख गर्दै घटनामा संलग्नहरुमाथी कारबाही हुनुपर्ने पनि बताएका थिए ।

“जेनजी आन्दोलनमा उठेका सुशासन, पारदर्शिताका एजेण्डाहरु महासंघले उठाउँदै आएका एजेण्डाहरु हुन् । यद्यपी पछिल्लो जेनजी आन्दोलन र त्यसक्रममा भएका घुसपैठले निजी उद्योग प्रतिष्ठानहरुमा ठूलो क्षति भएको छ” अध्यक्ष ढकालले भने, “आम नागरिक र उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएको अवस्था छ । यो अवस्थामा आम नागरिक र उद्योगी व्यवसायीहरुले सुरक्षित महसुस गर्न सक्नुपर्दछ । औद्योगिक सुरक्षा र स्थायित्वका लागि कानुनी राज्यको प्रत्याभूति दिलाउनु आवश्यक छ । यदी दण्डहीनताले प्रश्रय पाएको खण्डमा भोलीको स्थिथि थप गम्भीर बन्न सक्छ ।”

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले घटनाका दोषीहरूमाथिको जाहेरी दर्ता नलिने र कारबाहीमा उदासीनता देखिए दण्डहीनता बढ्न गई लगानीको वातावरणलाई गम्भीर असर पर्ने र आउने दिनमा फेरि यस्ता घटना दोहोरिन सक्ने जोखिम कायम रहने बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका...
spot_img