Tuesday, August 18, 2026
spot_img

गत वर्ष पर्पल हेज रक बारको ब्यापार २३ करोड, ५१ प्रतिशत आम्दानी बियर बिक्रीबाट

spot_img

काठमाडौँको ठमेलमा रहेको पर्पल हेज रक बार प्रालिले आर्थिक वर्ष २०८१/८२ मा २३ करोड २० लाखको ब्यापार गरेको छ। आर्थिक वर्ष २०८०/८१ को तुलनामा कम्पनीको ब्यापार १८.३७ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०८१/८१ मा कम्पनीको ब्यापार १९ करोड ६० लाख रुपैयाँ थियो।

गत तीन वर्षमा कम्पनीले करिब ३४ प्रतिशतको बिक्री वृद्धि हासिल गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा आफ्नो कुल आम्दानी करिब ५१ प्रतिशत आम्दानी बियर बिक्रीबाट गरेको छ । करिब २२ प्रतिशत आम्दानी अन्य मदिराजन्य पेय पदार्थहरूबाट प्राप्त गरेको छ।

यस अवधिमा कम्पनीको डेप्रिसीएससन, ब्याज र कर अगाडीको संचालन नाफा ३५.१ प्रतिशत रहेको छ। जुन अघिल्लो आथिक वर्षमा १६.९ प्रतिशत मात्र थियो ।

सन् २०१२ मा स्थापितले ठमेलमा पर्पल हेजको नामबाट कन्सर्ट हलसहितको बार तथा रेस्टुरेन्ट संचालन गरिरहेको छ।कम्पनीको चुक्ता पुँजी १४ करोड रहेको छ। कम्पनीमा  कृष्ण सेनको ८० प्रतिशत लगानी रहेको छ भने बाँकि २० प्रतिशत शेयर स्वप्निल शर्माको रहेको छ।

कम्पनीले ५७ करोड १८ लख ऋण लिनको लागि इक्रा नेपालसँग रेटिंग गराएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img