Sunday, May 25, 2025
spot_img

सरकारले ६० अर्ब भूक्तानी नदिएको निर्माण व्यवसायीको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी

spot_img
spot_img

निर्माण व्यवसायीहरुले सरकारले चालु आर्थिक वर्ष सकिँन लाग्दासमेत आफूहरुको ६० अर्ब भूक्तानी नदिएको गुनासो दोहोर्‍याएका छन् । निर्माण व्यवसायी महासंघले आज पत्रकार सम्मेलनको आयोजना गरेर चालु आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा सरकारले निर्माण व्यवसायीहरुको ६० अर्ब रकम भुक्तानी दिन बाँकी रहेको जनाएको हो ।

महासंघले तत्काल निर्माण व्यवसायीहरुको भूक्तानी दिन समेत माग गरेको छ । महासंघका अध्यक्ष रवि सिंहका अनुसार सरकारबाट निर्माण व्यवसायीहरूको ६० अर्ब रकम भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ नै बिग्रिएको र निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरु नै बन्द हुने स्थिति उत्पन्न भएको छ ।

“बैंकको किस्ता र अन्य कर तिर्न नसकी हजारौं व्यवसायी मात्र प्रताडित भएका छैनन्, उनीहरूमा आश्रित उद्योग तथा परिवारमा मनोवैज्ञानिक दवाब परेको छ” अध्यक्ष सिंहले भने ।

२०८१ असार मसान्तसम्ममा सबै रकम भुक्तानी नदिए बाध्य भएर आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुने भन्दै महासंघले सांकेतिक चेतावनीसमेत दिएको छ । महासंघले विगतमा पनि आन्दोलनमा उत्रिएको स्मरण गराएको छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img