Wednesday, June 24, 2026
spot_img

अमेरिकामा भारतीय वस्तुलाई ५० प्रतिशत भन्सार लाग्दा नेपालले फाइदा लिन सक्ला ?

spot_img
spot_img

अमेरिकाले भारतीय वस्तुलाई ५० प्रतिशत भन्सार लगाएको छ । भारतले रुससँग तेल खरिद गर्ने सम्झौता गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय वस्तुमा ५० प्रतिशत भन्सार लगाइदिएका हुन् ।

अमेरिकाले भारतीय वस्तुमा लगाएको ५० प्रतिशत ट्यारिफ बुधबारबाट लागू भएको छ । यसले नेपाली उत्पादनलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । खासगरी, नेपाली गलैँचा तथा गार्मेन्ट (तयारी पोशाक)का वस्तुहरुको अमेरिकामा निकासी बढ्ने अपेक्षा गरिएको छ ।

आजको दिनसम्म अमेरिकामा निर्याता हुने नेपाली वस्तुमा १० प्रतिशत मात्रै ट्यारिफ छ । दक्षिण एसियाका अन्य देशमध्ये अमेरिकाले बंगलादेशका उत्पादनलाई २० प्रतिशत, श्रीलङ्कालाई २० प्रतिशत, पाकिस्तानलाई १९ प्रतिशत र अफगानिस्तानलाई १५ प्रतिशत ट्यारिफ लगाएको छ । यसले अन्य छिमेकी देशका उत्पादनको तुलनामा नेपाली उत्पादन कम लागतमै निर्यात हुने र फलस्वरुप मूल्य पनि सस्तो हुने भएकाले अमेरिकामा नेपाली उत्पादनको माग बढ्ने आशामा नेपाली व्यवसायीहरु छन् ।

मन्त्रालयले थाल्यो छलफल

दक्षिण एसियाली देशमध्ये अमेरिकामा सबैभन्दा धेरै वस्तु निर्यात गर्ने देश भारत हो । अब उसलाई ५० प्रतिशत भन्सार लागेपछि भारतको निर्यातमा ह्रास आउने देखिएको छ । साथै, अन्य दक्षिण एसियाली देशमध्ये सबैभन्दा कम ट्यारिफ नेपाललाई लगाइएको हुनाले यसबाट नेपालले लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि अमेरिकाले भारतलाई लगाएको ट्यारिफको फाइदा लिन सकिने भन्दै आवश्यक छलफल अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीका अनुसार यस सम्बन्धमा नेपालस्थित अमेरिकी राजदूतसँग छलफल पनि भइसकेको छ । राजदूत डिन आर. थम्पसनसँग नेपालले अमेरिकामा पाउँदै आएका भन्सार सहुलियतलाई निरन्तरता दिन र व्यापार तथा लगानीसम्बन्धी फ्रेमवर्क सम्झौता (टिफा) सम्बन्धि अर्को परिषद् बैठक बोलाउन अनुरोध गरिएको छ ।

२०७२ सालमा आएको भूकम्पबाट थिलथिलो बनेको नेपालको अर्थतन्त्रलाई पुनरुत्थानमा सहयोग पुगोस् भनेर अमेरिकाले सन् २०१६ को फेब्रुअरी २४ बाट नेपाल व्यापार सौविध्य कार्यक्रम (एनटीपीपी) लागू गरेको थियो । जस अनुसार नेपालबाट निर्यात हुने ७७ थरी वस्तुले ‘शून्य भन्सार’को सुविधा पाएका थिए ।

सन् २०११ देखि कायम रहेको टिफा अन्तर्गतको सुविधा पनि २०२५ को डिसेम्बारबाट सकिँदैछ । यसपछि पनि एनटीपीपी अन्तर्गतको सुविधालाई निरन्तरता दिन अनुरोध गरिएको मन्त्री भण्डारीले जानकारी दिएका छन् ।

गलैँचा, तयारी पोशाक र छुर्पीको निर्यात बढ्ने आशा

नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङका अनुसार गत आर्थिक वर्षमा कुल १८ अर्बको गलैँचा निर्यात भएकोमा अमेरिकामा मात्रै ७ अर्ब रुपैयाँको नेपाली गलैँचा निकासी भएको छ । अब छिमेकी देश भारतलाई अमेरिकाले ५० प्रतिशत भन्सार लगाएकाले यसको फाइदा स्वरुप नेपाली गलैँचाको निर्यात बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

त्यसो त, नेपालबाट अमेरिकामा सबैभन्दा धेरै निर्यात हुने वस्तु नै गलैँचा हो । अहिले नै नेपाली गलैँचा उत्पादकसँग अमेरिकी आयातकर्ताले सोधपुछ बढाउन थालिसकेको अध्यक्ष गुरुङ बताउँछन् ।

गलैँचापछि अमेरिकामा धेरै निर्यात हुने वस्तु हो तयारी पोशाक छ । तयारी पोशाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेका अनुसार गत आर्थिक वर्षमा नेपालबाट कुल ८ अर्ब बराबरको तयारी पोशाक विभिन्न देशमा निर्यात भएको छ । यसमध्ये करिब ३ अर्ब भन्दा बढीको निर्यात अमेरिकामा भएको छ । अब अमेरिकाले नेपाललाई दक्षिण एसियाली देशमध्येमा सबैभन्दा कम ट्यारिफ लगाएको र यो नीति केही वर्ष स्थिर रहेमा नेपालबाट तयारी पोशाकको निर्यात निकै बढ्ने अपेक्षा गरिएको पाण्डेको भनाइ छ ।

साथै, नेपालबाट कुकुरको खानाका रुपमा छुर्पी (डग च्यू) को पनि निर्यात हुने गरेको छ । गत आर्थिक वर्षमा ४ अर्ब ५१ करोड बराबरको छुर्पी निर्यात हुँदा अमेरिकामा मात्रै ३ अर्ब ९२ करोडको छुर्पी निकासी भएको छ । अमेरिकी भन्सार नीतिले नेपाली छुर्पीको निर्यात बढ्ने अपेक्षा लिइएको छ ।

भारतीय वस्तु नेपाली भनेर निर्यात हुने जोखिम कति ?

अवसरसँगै जोखिम पनि उत्तिक्कै रहेको व्यवसायीहरु बताउँछन् । खासगरी, खुला सिमानाका कारण भारतीय उत्पादनलाई नै त्यहाँका व्यवसायीले नेपाली भनेर निर्यात गर्न सक्ने जोखिम रहेको तयारी पोशाक संघका अध्यक्ष पाण्डे बताउँछन् । उनका अनुसार यसबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई व्यवसायीहरुले सचेत पनि गराइसकेका छन् ।

यदि, भारतीय वस्तु नेपालमा उत्पादन भएको भनेर अमेरिका निर्यात भएमा त्यसको मूल्य नेपालले समेत चुकाउनुपर्ने जोखिम रहने भएकाले सचेत हुनुपर्ने उनको सुझाव छ । यदि त्यस्तो भएको थाहा पाएमा अमेरिकाले नेपाललाई पनि भारत बराबरकै भन्सार लगाइदिने जोखिम हुनाले चनाखो हुनुपर्ने पाण्डेको भनाइ छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भने यस सम्बन्धमा सरकार सचेत रहेको दाबी गरेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img