Sunday, May 10, 2026
spot_img

महासंघमा चुनावी माहोल तात्तिँदै: ५ पदका लागि १५ जना दाबेदार खुलेरै मैदानमा, थपिँदै आकांक्षी

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघभित्र विस्तारै चुनावी माहोल बन्न थालेको छ । आउँदो चैत २८ गते ६०औँ वार्षिक साधारणसभा तथा महाधिवेशन आयोजना हुने भएकाले वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षका दाबेदारहरु क्रमश: खुल्न थालेका छन् ।

आउँदो साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वत: अध्यक्ष बन्दैछन् । तर, संशोधित विधान अनुसार अब श्रेष्ठ पछिको कार्यकालबाट अध्यक्षमै चुनाव हुनेछ, अर्थात् हालको जस्तो वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वत: अध्यक्ष हुने प्रावधान हटाइएको छ । यसकारण महासंघको आउँदो साधारणसभा तथा महाधिवेशन फरक खालको हुने देखिन्छ ।

वरिष्ठ उपाध्यक्षमा ३ जना दाबेदार

महासंघको संशोधित विधान अनुसार अन्जन श्रेष्ठको कार्यकाल पछि वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वत: अध्यक्ष हुन पाउँदैन । यसकारण हालका उपाध्यक्षहरु कि सोही पदमा दोहोरिनुपर्‍यो, कि माथि जानुपर्‍यो । माथि जान अहिले नै अध्यक्षमा चुनाव हुँदैन । त्यसकारण धेरैको चाहना वरिष्ठ उपाध्यक्षमै जाने देखिएको छ ।

पदाधिकारी भइसकेका व्यक्तिहरु वरिष्ठ उपाध्यक्षमा चुनाव लड्न पाउने व्यवस्था संशोधित विधानमा गरिएको छ । साथै, ३ कार्यकाल केन्द्रीय सदस्य भएका व्यक्तिहरु पनि वरिष्ठ उपाध्यक्षमा चुनाव लड्न पाउने प्रावधान छ । यसकारण यसपाली वरिष्ठ उपाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट चयन हुने सम्भावना कम छ । किनकी, बहालवाला पदाधिकारी र पूर्व पदाधिकारीहरु नै वरिष्ठ उपाध्यक्षका दाबेदार देखिएका छन् ।

वरिष्ठ उपाध्यक्षका आकांक्षीमध्ये हालका उपाध्यक्ष हेमराज ढकाल, उपाध्यक्ष सुरकृष्ण वैद्य र पूर्व उपाध्यक्ष (गत महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा पराजित भएका) रामचन्द्र सांघाईको नाम चर्चामा छ । ढकाललाई गत निर्वाचन लगत्तै आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षका उम्मेद्वारका रुपमा हेरिएको थियो ।

उपाध्यक्ष वैद्यले पनि आफू आगामी महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमै प्रतिस्पर्धा गर्ने गरी तयारी अघि बढाएको बताएका छन् ।

सांघाईले पनि आन्तरिक छलफललाई तीव्रता दिएका छन् । गत महाधिवेशनमा सांघाई समूहबाट एसोसियट उपाध्यक्षमा निर्वाचित ज्योत्सना श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेको चर्चा छ । यद्यपी, हेमराज ढकाल, सुरकृष्ण वैद्य र रामचन्द्र सांघाईले आफूलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत गरिरहँदा ज्योत्सनाले भने मुख खोलेकी छैनन् ।

साथै, महासंघमा पदाधिकारी भइसकेका भाष्कर राजकर्णिकार र दिनेश श्रेष्ठलाई पनि वरिष्ठ उपाध्यक्षको आकांशीका रुपमा हेरिएको छ ।

एसोसियट उपाध्यक्षमा देशबन्धु र प्रबलजंग आकांक्षी

महासंघको सबैभन्दा बलियो क्षेत्र हो एसोसियट । हालसम्म महासंघको नेतृत्वमा पुग्नेहरुमध्ये अधिकांश एसोसियटबाटै प्रतिनिधित्व गरेकाहरु छन् । त्यसकारण महासंघमा एसोसियटलाई बलियो मानिन्छ ।

आउँदो महाधिवेशनमा एसोसियट उपाध्यक्षका लागि हालसम्म दुइ जनाको नाम चर्चामा छ । देशबन्धु बस्नेत (अजित) र प्रबलजंग पाण्डे । बस्नेत हाल महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति हुन् भने पाण्डे स्थायी समिति सदस्य हुन् ।

बस्नेत हस्पिटालिटीसहित विभिन्न उद्यम व्यवसायमा क्रियाशील छन् । उनी गणतन्त्र जाम्बियाका अवैतनिक महावाणिज्यदूत पनि हुन् । सिमेन्ट तथा औषधी उद्योगसमेत सञ्चालन गरिरहेका पाण्डे भने हाल सिटिजन्स बैंकको अध्यक्ष छन् ।

साथै, एसोसियट उपाध्यक्षमा सैलेन्द्र गुरागाईँको पनि चर्चा सुरु भएको छ । यद्यपी, उनले बोलिसकेका छैनन् ।

वस्तुगत उपाध्यक्षमा घिमिरे र श्रेष्ठ भिड्ने चर्चा

महासंघको वस्तुगत उपाध्यक्षका लागि हालसम्म दुइ जनाको उम्मेदवारी करिब करिब पक्का भइसकेको छ । शिव घिमिरे र नरेशलाल श्रेष्ठ ।

श्रेष्ठ दुइ कार्यकाल वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए । हाल उनी महासंघको निर्यात प्रवद्र्धन समितिको सभापति छन् । निर्यातमूलक उद्यमसहित उनी हस्पिटालिटी र जलविद्युत क्षेत्रमा पनि सक्रिय छन् ।

अर्का प्रत्याशी घिमिरे पनि बलिया दाबेदार हुन् । एसजी ग्रुपका अध्यक्ष रहेका घिमिरे कत्था उत्पादक संघका अध्यक्ष पनि हुन् । पेट्रोल पम्प व्यवसायबाट सफलता हात पार्दै एलपी ग्याँस, हाइड्रोपावर, हस्पिटालिटि हुँदै बैंकिङ क्षेत्रमा समेत उनको लगानी छ ।

जिल्ला नगरमा ८ जना आकांक्षी

संशोधित विधान अनुसार अब महासंघमा जिल्ला नगर तर्फबाट २ जना उपाध्यक्ष निर्वाचित हुनेछन् । उम्मेदवारहरुमध्ये सबैभन्दा धेरै मत ल्याउने २ जना जिल्ला नगर उपाध्यक्षमा निर्वाचित हुने प्रावधान छ ।

२ जना निर्वाचित हुने जिल्ला नगर उपाध्यक्षका लागि हालसम्म ८ जनाको नाम चर्चामा छ । दिलसुन्दर श्रेष्ठ, कृष्ण प्रसाद शर्मा, पदम शाही, डी.बी. बस्नेत, राजेन्द्र राउत, उमेश डालमिया, कल्पना गैरे र कमल श्रेष्ठ जिल्ला नगर उपाध्यक्षका दाबेदार हुन् ।

दिलसुन्दर श्रेष्ठ हाल महासंघको बागमती प्रदेशका अध्यक्ष छन् भने कृष्ण प्रसाद शर्मा लुम्बिनी प्रदेशका अध्यक्ष हुन् । पदम शाही महासंघ कर्णाली प्रदेशको अध्यक्ष हुन् भने राजेन्द्र राउत महासंघको कोशी प्रदेशका अध्यक्ष हुन् ।

डि.बी. बस्नेत महासंघको कृषि उद्यम केन्द्रका सभापति हुन् भने उमेश डलमिया मेला समितिका सभापति छन् । कल्पना गैरे केन्द्रीय सदस्य छिन् । २ महिना अघि मात्रै केन्द्रीय सदस्य मनोनित भएका कमल श्रेष्ठ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।

महिला उपाध्यक्ष: आकांशी खुल्न बाँकी

महासंघको नयाँ विधान अनुसार महिला उपाध्यक्षको पनि प्रावधान छ । यद्यपी, महिला उपाध्यक्षमा प्रत्यक्ष चुनाव भने हुँदैन । कार्यकारिणी समितिले महिला उापाध्यक्ष चयन गर्नेछ । यसका लागि केन्द्रीय कार्यकारिणी समितिमा कम्तीमा १२ जना महिला सदस्य हुनुपर्नेछ ।

तर, महिला उद्यमी महासंघ हालै मात्रै महासंघको वस्तुगत सदस्यबाट बाहिरएपछि महिला उपाध्यक्षका आकांक्षी खुल्न सकिरहेका छैनन् । तैपनि विधानले दिएको अधिकार उपयोग गर्नका लागि जसरी पनि केन्द्रीय कार्यकारिणी समितिमा १२ जना महिला पुर्‍याउने अभियानमा महिला उद्यमी तथा व्यवसायीहरु देखिएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पान चुनावः विधान संशोधन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्ष कार्कीलाई

ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को साधारणसभा (चुनावी साधारणसभा) जेठ...

आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्नेगरी बजेट ल्याउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि...

आगामी बजेटमा समावेश गर्न इप्पानले दियो ५३ बुँदे सुझाव

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी बर्ष...

युनाइटेड मोदी हाइड्रोको एजीएम सम्पन्न, नाम परिवर्तन गरेर होल्डिङ्ग कम्पनी बन्ने

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औं बार्षिक साधारणसभा  आज...

तत्काल यी काम भए ऊर्जाबाट नै समृद्धि सम्भव

सञ्जिव न्यौपाने, ऊर्जा उद्यमी आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्र सय...

ई–बिडिङ प्रकरणमा बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

ई–बिडिङ प्रकरणमा २२ जनाविरुद्द मुद्दा दर्ता भएको छ ।...
spot_img