spot_img

श्रीद्धि आइभीएफ एण्ड फर्टिलिटी सेन्टरको साउन अफर: सेवामा ५० प्रतिशतसम्म छुट

spot_img

काठमाडौँको लाजिम्पाटमा रहेको श्रीद्धि आइभीएफ एण्ड फर्टिलिटी सेन्टरले हिन्दु महिलाहरुको पवित्र महिना साउनलाई लक्षित गरेर विशेष अफर ल्याएको छ। केन्द्रले साउन महिना भरको लागि विभिन्न सेवामा ५० प्रतिशतसम्मको छुट अफर ल्याएको हो ।

केन्द्रका अनुसार साउन महिनाभर ओपीडी सेवामा ५० प्रतिशत छुट, ट्रान्स भजाइनल अल्ट्रासाउण्ड (टिभीएस) मा २५ प्रतिशत,फार्मेसीमा ५ प्रतिशत र रगत परिक्षणमा १० प्रतिशत छुट प्रदान गरिने छ । त्यस्तै बजारमा उपलब्धताको हिसाबमा दुर्लभ मानिने सर्भिकल क्यान्सरको विरुद्दमा लगाईने ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोपमा ५ प्रतिशत छुट हुने छ।

केन्द्रमा आउनेहरुलाई थप सुविधा होस् र आउने दम्पतिहरुले निर्धक्क आफ्ना समस्या सुनाउन सकुन् भन्ने उदेश्यले छुट अफर ल्याईएको केन्द्रकी संचालक डा. दिपमाला कार्कीले बताईन्। केन्द्रका अनुसार यी अफर साउन महिनाभरको लागि लागु हुने छ र आवश्यकता अनुसार शनिवार पनि यी सेवा प्रदान गरिने छ। अफरपछि केन्द्रमा आउने सेवाग्राहीको संख्या बढेको डा. कार्कीको भनाई छ।

श्रीद्धि आइभीएफ २०७९ भाद्रबाट संचालनमा आएको हो। निसन्तान दम्पतिहरुलाई आइभीएफ विधिद्वारा सन्तान प्राप्ति गराउने उदेश्यले यो केन्द्र सुरु गरिएको केन्द्रकी संचालक डा. दिपमाला कार्की बताउछिन्। साथै केन्द्रले ओपीडी सेवा पनि प्रदान गरिरहेको छ।

उनका अनुसार विभिन्न उपायद्वारा पनि सन्तान भइरहेका छैनन भने महिलाको डिम्ब र पुरुषको शुत्रकीटलाई निकाली बाहिर ल्याबमा फर्टिलाइजेसन गरेर बच्चा जन्माउने प्रक्रिया नै आइभीएफ हो । कुनै दम्पति निसन्तानको समस्या लिएर केन्द्रमा आउँदा महिला र पुरुषको विस्तृत परिक्षण गरेर आवश्यकता अनुसार उपचार गरिने डा. कार्कीको भनाई छ। उनका अनुसार कुनै दम्पतिको चिकित्सकको सल्लाहपछि प्राकृतिक विधिबाट नै सन्तान जन्मिएको छ भने केहीको हकमा टेस्ट ट्युब बेबीको विधि नै अपनाउनु पर्ने हुन्छ ।

डा. कार्कीका अनुसार विश्वभर नै आइभीएफ विधिको औसत सफलता दर ५० देखि नै ६० प्रतिशत रहेको छ भने श्रीद्धि आइभीएफमा भने यो सफलता दर ७० देखि ८० प्रतिशतसम्म रहेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...