Thursday, July 9, 2026
spot_img

आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने

spot_img

चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुुपर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा भएको बैठकमा यस्तो निर्णय भएको हो ।

आयोगको गत माघ २५ गतेको १६ औँ बैठकले निजी मेडिकल कलेजले सरकारी सरह पिजीका आवासीय चिकित्सकलाई मासिक ४८ हजार सात सय ३७ रुपैयाँ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो । बैठकले निजी मेडिकल कलेजको मागलाई समेत ध्यानमा राखेर स्नातक एमबिबिएस र बिडिएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि गठित ११ सदस्यीय कार्यदलले सुझावसहितको प्रतिवदन स्वीकार गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीसमक्ष कार्यदलका संयोजक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेले प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो । प्रतिवेदनले चिकित्सा शिक्षा ऐन, २०७५ को व्यवस्थाबमोजिम प्राविधिक समिति गठन गरी स्तर र मापदण्ड निर्धारणका अधारमा सिट संख्या र शुल्क पुनरावलोकनका लागि बाटो खुलेको छ । सोका लागि ऐनबमोजिम आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका प्रा डा सुजनबाबुु मरहट्टाको संयोजकत्वमा प्राविधिक समिति गठन भएको । समितिमा विज्ञका तर्फबाट प्रा डा दिव्यासिंह शाह, वरिष्ठ चार्टर एकाउन्टेन्ट महेश गरागार्ईँ, निजी मेडिकल कलेजका तर्फबाट चार्टर एकाउन्टेण्ट सन्तोष खनाल, शिक्षा, स्वास्थ्य र अर्थ मन्त्रालयका उपसचिवहरु रहनेछन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँगकको कुराकानीमा नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्कीले आन्दोलनरत चिकित्सकहले कहिलेबाट निर्णय बमोजिमको पारिश्रमीक पाइन्छ ? त्यसको निधो हुनुपर्ने माग गरेको बताए । उनले एक पटक निजी मेडिकल कलेजका अध्यक्षहरुसँग कुरा गरेर थप निर्णय गर्ने बताए ।

अध्यक्ष कार्कीले भने, ‘अढाइ महिनामा पटक पटक कार्यान्वयनको लागि सम्माननीय प्रधानमन्त्रीज्युमार्फत आयोगले पटक पटक भनिसकेको अवस्थामा आजसम्म उहाँहरुले दिनुभएन । हिजो आएर दिन्छु भन्नुभयो । किनभने उहाँहरुलाई कार्यदलको बैठक र यो आयोगको बैठक महत्वपूर्ण थियो । उहाँहरुले दिन्छु भनिरहँदाखेरी कहिले दिने भन्ने कुराको सुनिश्चितता होस् भन्ने आन्दोलनरत चिकित्सकहरुको माग छ । उहाँहरुले सम्माननीय प्रधानमन्त्रीज्युले गर्नुभएको निर्णय कार्यान्वयन गर्न यति लामो समय लागेको र नपाएको अवस्थाले अविश्वासको सिर्जना भएको हो । एक पटक निजी मेडिकल कलेजका अध्यक्षज्युहरुसँग हामी छलफल गर्दछौँ । आन्दोलनकारीसँग पनि छलफल गर्छौं । हामीले कहिले पाउने भन्ने निधो नभएसम्म नफर्किने भन्नुभएको छ ।’

एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजले स्रोतको सुनिश्चितता नभएकाले आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता उपलब्ध गराउन आनाकानी गरेपछि प्रधानमन्त्री ओलीको अग्रसरतामा यसबीचमा आयोगका तीन वटा बैठक बसी समाधान नकालिएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...

अत्याधुनिक फिचर्ससहित नेपाल आउँदै ‘लिपमोटर बी०३’, नाईमा एक्स्पोमा लन्च हुने

लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी नेपाल आउने भएको छ ।...

नेप्सेमा पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पोखरा फाइनान्स लिमिटेड र समृद्धि...
spot_img