नेपालको औषधि उत्पादन तथा वितरणमा कम्पनी लोमस फर्मास्युटिकल्स र हिमाल डेन्टल हस्पिटलबीच रणनीतिक सहकार्यको समझदारी भएको छ।
समझदारी अनुसार अबदेखि हिमाल डेन्टल अस्पतालले आफ्नो अस्पताल तथा सेवा केन्द्रहरूमा लोमस फर्मास्युटिकल्सका सम्पूर्ण डेन्टल उत्पादनहरू प्रयोग गर्नेछ । यस्तै, लोमस फर्मास्युटिकल्सले हिमाल डेन्टल अस्पतालले आयोजना गर्ने सम्पूर्ण डेन्टल सम्बन्धी शैक्षिक कार्यक्रम, गोष्ठी, सेमिनार र जनचेतनामूलक अभियानहरूमा सहयोग गर्नेछ ।
यो सहकार्यलाई दुवै पक्षले दीर्घकालीन र आपसी लाभदायक साझेदारीको रूपमा लिएका छन् । यसले नेपाली डेन्टल सेवा र शिक्षालाई गुणस्तरीय बनाउन थप योगदान पुर्याउने विश्वास गरिएको छ ।
समझदारीपत्रमा लोमस फर्मास्युटिकल्सका निर्देशक तथा युवा उद्यमी प्रणव जंग पाण्डे र हिमाल डेन्टल अस्पतालका प्रबन्ध निर्देशक डा। राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।
दुवै संस्थाले आगामी दिनहरूमा संयुक्त रूपमा विविध कार्यक्रम सञ्चालन गर्ने योजना समेत जनाएका छन् ।









