Thursday, July 9, 2026
spot_img

सांसद चौधरीको उपस्थितिमा बर्दघाटको चौपता अस्पताललाई ६ वटा डायलासिस मेसिन हस्तान्तरण

spot_img

पश्चिम नवलपरासीको बर्दघाट–१४ मा रहेको सहिद स्मृति सामुदायिक अस्पताल (चौपता अस्पताल)लाई ६ वटा हेमोडायलासिस मेशिन हस्तान्तरण गरिएको छ । काभ्रेको धुलिखेलमा एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य विनोद चौधरीको उपस्थितिमा बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठलाई मेशिन हस्तान्तरण गरिएको हो ।

रोटरी क्लब अफ धुलिखेलको समन्वयमा जर्मन रोटरी भोलिन्टियर डाक्टरका तर्फबाट डाक्टर जोबस्ट इस्बरीले उक्त मेशिन उपलब्ध गराएको हो । सांसद चौधरीले डायलासिस मेशिन उपलब्ध भएपछि पश्चिम नवलपरासीसहित नजिकका विरामीले लाभ लिन सक्ने बताए ।

उनले भने, ‘जर्मन रोटरी भोलिन्टियर डाक्टर र रोटरी क्लब अफ धुलिखेलको सहकार्यमा चौपता अस्पताल, बर्दघाटलाई ६ ओटा हेमोडायलासिस मेशिन हस्तान्तरण गरिएको छ । यसबाट पश्चिम नवलपरासीका मृगौला रोगीहरूको उपचारमा महत्वपूर्ण योगदान पुग्नेछ ।’

धुलिखेल नगरपालिकाका मेयर अशोक व्यन्जुले मोफसलका सामुदायिक अस्पतालमा महत्वपूर्ण स्वास्थ्य सामग्री उपलब्ध हुँदा यसबाट नागरिकलाई लाभ हुने विश्वास व्यक्त गरे ।

यसअघि रोटरी क्लव अफ धुलिखेलले पश्चिम नवलपरासीमा ह्विल चियर प्रदान गर्नुका साथै बर्दघाटको रेयुकाइ भवनमा आँखा क्लिनिक पनि संचालनमा सहयोग गरेको थियो । डायलासिस मेशिन हस्तान्तरण कार्यक्रममा नगर प्रमुर शम्भुलाल श्रेष्ठ, चौपता अस्पतालका अध्यक्ष डि।बी। रानासहितका पदाधिकारी पनि उपस्थित थिए ।

सांसद चौधरीले अस्पतालका लागि डायलासिस मेसिन र त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्था गरिदिन स्वास्थ तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई आग्रह गर्दै आएका थिए । मन्त्री पौडेलले यसका लागि समन्वय गरेका थिए । स्वास्थ्यमन्त्री पौडेलले हेमोडायलासिस मेशिन संचालनका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्न पनि सहयोग गर्ने जनाइसकेका छन् ।

स्वास्थ्य हव बन्दै पश्चिम नवलपरासी

सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रलाई स्वास्थ्य सेवाको हवकै रूपमा विकास गर्दै लगेका छन् । उनकै पहलमा अलपत्र अवस्थामा रहेको ट्रमा सेन्टर निर्माण कार्य अगाडि बढेको छ । काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टर बर्दघाटमा निर्माण कार्य भइरहेको छ ।

यस्तै चिसापानी अस्पतालमा विशेषज्ञ सेवासहित सञ्चालन भइरहेको छ । चौधरी फाउन्डेसनको सहयोगमा अस्पतालको स्तरोन्नतिका साथै सेवा विस्तार कार्य भएको हो ।

सरावलमा १५ बेडको अस्पताल निर्माण कार्य पनि अघि बढेको छ । सांसद चौधरीको निरन्तरको पहलमा सरकारले अस्पतालका लागि स्रोत सुनिश्चितता गरिसकेको छ । सांसद चौधरीकै पहलमा निशुल्क कृत्रिम हातखुट्टा उपलब्ध गराउन सिजी सबल केन्द्र सञ्चालन हुनुका साथै सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...

अत्याधुनिक फिचर्ससहित नेपाल आउँदै ‘लिपमोटर बी०३’, नाईमा एक्स्पोमा लन्च हुने

लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी नेपाल आउने भएको छ ।...

नेप्सेमा पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पोखरा फाइनान्स लिमिटेड र समृद्धि...
spot_img