Monday, February 10, 2025
spot_img

रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलियाका बिरामीले अब निःशुल्क औषधी पाउने

रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन् । निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।

जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधी अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउनेछ ।

‘विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेका छौं’, मन्त्री पौडेलले भने, ‘धेरै पीडित तथा सरोकारवालाबाट महँगो उपचार सरकारमार्फत होस् भन्ने अनुरोध स्वीकार गरेका छौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस औषधीका लागि राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने मन्त्रालयअन्र्तगतको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए । मन्त्रालयले संघीय, सरकारी तथा प्रादेशिक तहमा मागका आधारमा औषधी उपलब्ध गराउने तयारी गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

नेपालमा हाल करिब नौ सय जना यो रोगका बिरामीका रुपमा पहिचान भएका छन् । तर विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएका मध्ये ०.८ मा हिमोफिलिया भएको हुनसक्ने ठानिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

spot_img

नेपालमा बण्ड मार्केटको विकासका लागि गोष्ठी शुरू, विश्व बैंकका विज्ञ पनि सहभागी

नेपाल धितोपत्र बोर्ड तथा ईन्टरनेशनल फाईनान्स कर्पोरेशन (IFC) को...

एस.के. इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि बिक्रि...

संरक्षण क्षेत्रका सीमाना हेरफेर गरी जलविद्युत आयोजना बनाउन दिन इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले निकुञ्ज तथा संरक्षण...

कुमारी बैंकका ग्राहकलाई अप्टिक आइजमा छुट

कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिल बिच कुमारी...

नेप्सेमा ३ कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार ३ वटा कम्पनीको...